देउवा, प्रचण्ड, यादव र माधव नेपालको किर्ते कामको पर्दाफासः एमाले सांसद भट्ट ले भने ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको छैन’

 न्यूज विराट
देउवा, प्रचण्ड, यादव र माधव नेपालको किर्ते कामको पर्दाफासः एमाले सांसद भट्ट ले भने ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको छैन’

काठमाडौं, जेठ ७ । एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि भन्ने जनताटाइम्स डटकमको प्रश्नमा सांसद भट्टले आफ्नो समर्थन देउवालाई नरहेको प्रष्ट पार्नुभयो ।

‘प्रधानमन्त्री केपी ओलीको बिकल्प कांग्रेस सभापति वा अरु कोही हुनै सक्दैनन, पार्टीभित्र बिवाद समाधान गर्न कार्यदल बनिसकेको अवस्थामा हामीले प्रधानमन्त्रीको बिकल्प सार्दा कांग्रेस, माओवादी र जसपाले माधव नेपाललाई समर्थन गरेको अवस्थामा हाम्रो पार्टीबाट माधव कमरेडलाई प्रधानमन्त्रीका लागि भनेर हस्ताक्षर गरेका हौं, देउवाका लागि होइन, समर्थन पनि छैन,’ कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद भट्टले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँले पार्टीभित्रको आन्तरिक विवादमा बिपक्षीलाई फाइदा पुर्याउने काममा समर्थन गर्नै नसकिने पनि प्रष्ट पार्नुभयो । कोरोना संक्रमणमा परी हाल घरमै आइसोलेशनमा रहनुभएका सांसद भट्टले माधवलाई समर्थन गरेको हस्ताक्षर देउवाको नाममा प्रयोग गर्नै नमिल्ने बताउनु भयो । यसअघि नै सांसद पदबाट राजीनामा दिएर कांग्रेस–माओवादीको सरकार बनाउने बाटो खुला गर्ने नेपालको प्रस्तावमा पनि सांसद भट्ट बिपक्षमा उभिनुभएको थियो ।

‘पार्टीभित्रको आन्तरिक संघर्ष समाधानका लागि कार्यदल बनिसकेको र त्यस्ले काम गरिरहेको अवस्थामा देउवालाई समर्थन गर्न नसकिने आफूहरुको साझा धारणा रहेको उहाँको भनाई थियो । यही धारणामा सांसदहरु नारायण खतिवडा, पबित्रा निरौला खरेल, गणेश पाहाडी रहनुभएको छ ।

सम्बन्धित समाचार

७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियोः मुख्य मन्त्रीहरू

काठमाडौं, चैत २–संघीय सरकार र ५ वटा प्रदेशका मुख्यमन्त्रीले ७ वटै प्रदेशमा कोरोना भाइरस परीक्षण गर्न ल्याब स्थापना गर्नुपर्ने माग गरेका छन् । प्रदेश सरकारलाई कोरोना भाइरससँग लड्न बजेटको आवश्यकता भएको र उक्त बजेट संघीय...

११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने

एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

आज प्रदेश १ मा ४३ संक्रमित थपिए, ७२० जना डिस्चार्ज

विराटनगर, ११ कात्तिक–दशैँ सुरु भएसँगै प्रदेश १ मा कोरोना परिक्षण दर घटेको छ । सोमबार दशैँको टिकाका दिन पनि ५ सय ८१ जनाको पीसीआर परिक्षण भएकोमा मंगलबार १ सय ६४ जनाको मात्र पीसीआर परिक्षण गरिएको...

रंगेली बहिरा संघ गठन, अध्यक्षमा चेत बहादुर बराल

विराटनगर । रंगेली बहिरा संघ गठन भएको छ । मोरङको रंगेलीमा बहिराहरुको भेलाले संघ गठन गरेको हो । रंगेली बहिरा संघको अध्यक्षमा चेतबहादुर बराल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा तुसा न्यौपाने, सचिवमा सुरेश राजवंशी,...

फाइजरको खोप आउँदै, वितरणमा सतर्क हुन आवश्यक

कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...

सप्तरीमा एकैदिन ४३ जनाले जिते कोरोना 

सप्तरी, २२ साउन -सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाका अनुसार एकैपटक ९ महिलासहित ४३ जना निको भएका हुन् ।  उनीहरूको अन्तिम...

त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

विराटनगर, बैशाख १२–उदयुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा कोरोना संक्रमितसँगै रहेका विराटनगरका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको खुलेको छ । शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगर–१७ का ६५ वर्षिय पुरुष भएको खुलेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्