त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

 न्यूज विराट
त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

विराटनगर, बैशाख १२–उदयुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा कोरोना संक्रमितसँगै रहेका विराटनगरका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको खुलेको छ । शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगर–१७ का ६५ वर्षिय पुरुष भएको खुलेको हो ।

शुक्रबार कोरोना पुष्टि भएका १२ जनासँगै बसेका ४ जनामध्येका थप १ जनामा कोरोना पुष्टि भएको हो । ती व्यक्तिबारे शंका लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको कोशी अस्पताल विराटनगरले जनाएको छ । उनको स्वाबको नमुना कोशी अस्पतालकै प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

उदयपुरको त्रियुगा स्थित मस्जिदमा रहेका ११ भारतीय र १ नेपालीमा शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । मस्जिदमै रहेका तीन नेपाली र एक भारतीयको नतिजा नेगेटिभ देखिएपनि उनीहरुलाई टाँडी स्थित क्वारेन्टाइनमा पठाइएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

प्रदेश १ मा १०३ डिस्चार्ज, २८ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज...

पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १९ पुग्यो

काठमाडौं, फागुन २८–पाकिस्तानमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ । सबैभन्दा धेरै सिन्धप्रान्तमा मात्रै १५ जनामा भेटिएको छ भने अरु ३ जना गिल्गीत बाल्टिस्तानमा र अर्का एक जना गत हप्ता पूर्ण निको भएर...

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई...

मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...

पत्रकार प्रेम देवानमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

विराटनगर । पत्रकार प्रेम देवानमाथि विराटनगरमा एक समूहले आक्रमण गरेको छ । बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर मोरङको धनपालथान गाउँपालिका रमेश मण्डलसहितको समूहले उनलाई आक्रमण गरेका हुन् । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय...

औषधी व्यवसायी संघको स्थपाना दिवसमा रक्तदान कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३४...

पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भयो : समाजवादी प्रेस संगठन

काठमाडौँ । समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । अध्यक्ष विश्वमणि सुवेदीले आइतार जारी गरेको विज्ञप्तिमा मतगणनाक्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्