७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियोः मुख्य मन्त्रीहरू

 न्यूज विराट
७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियोः मुख्य मन्त्रीहरू

काठमाडौं, चैत २–संघीय सरकार र ५ वटा प्रदेशका मुख्यमन्त्रीले ७ वटै प्रदेशमा कोरोना भाइरस परीक्षण गर्न ल्याब स्थापना गर्नुपर्ने माग गरेका छन् । प्रदेश सरकारलाई कोरोना भाइरससँग लड्न बजेटको आवश्यकता भएको र उक्त बजेट संघीय सरकारले उपलब्ध गराइदिनुपर्ने बताएका छन् । प्रदेश सरकारले आफ्नातर्फबाट तयारी गरिरहेको भए पनि प्रदेश सरकारको बजेटले अपुग भएको खण्डमा बजेट उपलब्ध गराउनुपर्ने कुरा राखेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

कोरोना भाइरस नेपालमा आए कसरी रोकथाम गर्ने भन्ने विषयमा ५ वटा प्रदेशका मुख्यमन्त्री र संघीय सरकारबीच छलफल भएको हो । छलफलमा उपस्थित ५ वटै प्रदेशका मुख्यमन्त्रीहरूले ७ वटै प्रदेशमा कोरोना परीक्षण गर्न ल्याब स्थापना गर्नुपर्ने माग राखेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । बैठकमा गण्डकी र प्रदेश २ का मुख्यमन्त्री भने उपस्थित थिएनन् ।

सम्बन्धित समाचार

भोक्राहा नरसिंह गाउँपालिकाका पूर्व–अध्यक्षले छिमेकीमाथि लखेटी–लखेटी  गरे आक्रमण, पक्राउ परेनन मुख्य आरोपी

विराटनगर । जग्गा विवादको निहुँमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका निवर्तमान अध्यक्षसहितको समूहले उनकै छिमेकीमाथि निर्घात कुटपिट गरेको छ। गाउँपालिकाका निर्वतमान अध्यक्ष महेन्द्र यादवसहितको समूहले जग्गा विवादको निहुँमा मंगलबार बिहान ११ बजेतिर छिमेकीलाई लखेटी–लखेटी निर्घात कुटपिट...

माओवादी विराटनगरको निर्वाचन : देव राजवंशीको प्यानलै विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...

विराटनगरको कोवास कलेजमा लफडा, सुनिल श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर सारडालाई प्रिन्सिपल

विराटनगर । सुनिल श्रेष्ठलाई प्रिन्सिपलबाट हटाएर संचालक समितिले प्रीया सारडालाई जिम्मेवारी तोकेपछि विराटनगरस्थित कोबास कलेजमा विवाद देखिएको छ । आइतबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई जिम्मेवारीबाट हटाएर प्रिया सारडालाई प्रिन्सिपल नियुक्ति गरिएको बुझिएको छ ।...

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्