कोरोना संक्रमणबाट प्रदेश १ मा थप ८ जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट प्रदेश १ मा थप ८ जनाको मृत्यु

विराटनगर, ३ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि सोमबार विहानसम्म विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक, नोबेल शिक्षण अस्पतालमा पाँच र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको हो।

विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

त्यस्तै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सिरहाका ६५ वर्षीय वृद्ध पुरुष, सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुष, विराटनगर–४ का ४५ वर्षीय पुरुष, सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय पुरुष र उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सुरुङ्गा–१ सप्तरीकी ७० बर्षीया महिला र उदयपुरको त्रियुगा–३ की ५० बर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार...

पर्सामा कोरोना संक्रमणबाट युवतीको मृत्यु

वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन

विराटनगर, ८ माघ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को पदस्थापन गरिएको छ । बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरूको पदस्थापन गरिएको हो । पदस्थापन लगत्तै नव निर्वाचित अध्यक्ष टिकाराज ढकालले ३ जनालाई...

स्थानीयलाई नै विकासको जिम्मेवारी दिन आवश्यक छ:प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन् । शनिबार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले स्थानीयहरूलाई नै विकास निर्माणको काम दिनुपर्ने बताएका हुन् । उनले विकास निर्माणको...

चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।...

सवारी साधनको चाप बढेपछि धरानमा ‘वान वे’ प्रणाली लागु

विराटनगर, ३१ भदौ । धरानमा सवारी साधनको चाप बढेसँगै यसलाई व्यवस्थित गराउन असोज १ गते देखि ’वान वे’ बनाइने भएको छ । धरानको मुख्य बजारमा ओहोरदोहोर सवारी साधन सञ्चालन हुँदा ट्राफिक जाम हुने भएकोले असोज...

स्ववियु निर्वाचन : अखिल क्रान्तिकारीद्धारा उम्मेदवारी घोषणा, सभापतिमा यादव र सचिबमा लम्साल

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव...

मतपेटिका बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो । ना ७ ख ३५०४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्