मतपेटिका बोकेको गाडी दुर्घटना - News Birat

मतपेटिका बोकेको गाडी दुर्घटना

न्यूज विराट

रामेछाप । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

रामेछाप नगरपालिका वडा नं. १ गोठगाउँबाट मतपेटिका बोकेर रामेछाप बजार आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

ना ७ ख ३५०४ नम्बरको गाडी ब्रेक फेल भएर दुर्घटना हुँदा म्यादी प्रहरी टंकप्रसाद गौतम, मनोज सुनुवार र प्रहरी जवान जलन राई घाइते भएको प्रहरीले जनाएको छ ।

वडा नं‍‍. ३ साँघुटारको बाँकीमेरी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको रामेछाप नगरपालिकाका नगर प्रहरी हवल्दार विष्णुबहादुर कार्कीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles