मोरङमा निषेधाज्ञामा थप कडाई, मजदुर तथा कर्मचारीलाई उद्योगमै राख्नुपर्ने (सुचनासहित)

 न्यूज विराट
मोरङमा निषेधाज्ञामा थप कडाई, मजदुर तथा कर्मचारीलाई उद्योगमै राख्नुपर्ने (सुचनासहित)

विराटनगर, १ जेठ । नयाँ भेरियन्टको कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने भएको छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्ने भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङले दोस्रो पटक निषेधाज्ञा जारी आदेश अनुसार उद्योगधन्दा चलाउनु पर्दा बाहिरबाट कामदार, मजदुर र कर्मचारीहरु ल्याउन र लैजान नपाउने उल्लेख छ । उद्योगहरुमा धेरै मजदुर तथा कर्मचारीहरु काम गर्ने भएकोले दैनिक रुपमा ओहोरदोहोर गर्दा कोरोना भाइरसको संक्रमण झन फैलिने अवस्था आउने भन्दै यस्तो आदेश गरिएको जनाइएको छ ।

दोस्रो चरणको निषेधाज्ञा आदेश अनुसार निषेधाज्ञा आज शनिबार राती १२ बजे सकिंदैछ । शुक्रबार जारी गरिएको नयाँ आदेश अनुसार आजै राती १२ बजेदेखि ११ गते राती १२ बजेसम्म १० दिनका लागि यस्तो नियम लागू गरिएको छ ।

सम्बन्धित समाचार

सुन्दरहरैँचामा मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैँचामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन भएको छ । सोमबार नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न...

एनसिडिए मोरङका महासचिब अरुण ठाकुरको फर्मामा अनुगमन, ‘नार्कोटिक’ औषधी जथाभावी विक्री

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका महासचिब अरुण ठाकुरले संचालन गरेको विराटनगर ७ हस्पिटल चोकस्थित उज्वल फर्मामा ‘नार्कोटिक’ औषधी अभिलेख नराखि जथाभावि विक्री वितरण हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभाग विराटनगरले गरेको...

कोशी प्रदेशको नामकरण छलफलको माध्यमबाटै टुंगिन्छ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान, २४ घण्टाको समय

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३७ संक्रमित थपिए

विराटनगर, ५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट तीन, न्युरो अस्पतालबाट दुई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक जना...

बिरामीमा कोरोना देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

बाँके, २७ जेठ-बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरूपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका २ बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल  बन्द गरिएको हो । अछामस्थित बयलपाटा अस्पतालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्