छबुँदे माग पूरा गर्न नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

 न्यूज विराट
छबुँदे माग पूरा गर्न नेपाल समूहले दियो ओलीलाई ४ बजेसम्मको अल्टिमेटम

नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्ना ६ बुँदे माग पूरा गर्न अध्यक्ष केपी ओलीलाई तीन घण्टे अल्टिमेटम दिएको छ । नेपाल समूहको आकस्मिक स्थायी कमिटीको बैठकले अध्यक्षद ओलीलाई माग पूरा गर्न अपरान्ह चार बजेसम्मको अल्टिमेटम दिएको नेता भीम रावलले जानकारी दिए । माग पूरा नभए सांसदहरूले राजीनामा दिने उनको दाबी छ ।

‘हाम्रो ६ बुँदे मागका सन्दर्भमा सम्बोधनका लागि हामीले चार बजेसम्मको समय दिएका छौँ । कारबाहीभन्दा पनि २०७५ जेठ २  को अवस्थामा पार्टीका कमिटीलाई फर्काउनुपर्ने हाम्रो माग कायमै छ,’ उनले भने ।

२७ वैशाखमा नेता नेपालले अध्यक्ष ओलीलाई ६ बुँदे मागसहित पत्र पठाएका थिए । नेता नेपालले सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान, नियमावली, आचारसंहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउनुपर्ने,  नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्नुपर्ने माग गरेका थिए ।

यस्तै पार्टीलाई विधान र पद्धति अनुरुप सञ्चाल गर्नुपर्ने उनको माग थियो । पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप-प्रत्यारोप एवं समस्याबारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्नुपर्ने, सरकार र पार्टीबीचमा समन्वय र सु-सम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्नुपर्ने शर्त नेता नेपालको पत्रमा उल्लेख थियो ।

यस्तै उनले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने र  समयमै राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने माग प्रस्तुत गरेका थिए ।नेता नेपालका यी माग पूरा गर्ने जिम्मेवारी एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, रावल र घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फुकुवा पनि गरेको छ । गत चैतमा उनीहरूले फरक पार्टीको अभ्यास गरेको भन्दै ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

सम्बन्धित समाचार

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...

जिवन विकास समाजले सुरु गर्यो ५ सय बिघा बाँझो जमिनमा खेती गर्ने अभियान

विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात...

विराटनगरमा यसरी मनाए मुस्लिम समुदायले बकरिद

विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद (ईद उल अजहा) आज विराटनगरमा हर्षोउल्लासका साथ मनाएका छन् । यसै उपलक्ष्यमा आज विहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान...

नागरिकता विधेयक फेरि जस्ताकाे त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनकाे निर्णय

सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा फिर्ता पठाएकाे नागरिकता सम्बन्धी विधेयक फेरि जस्ताकाे त्यस्तै दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेकाे छ । यसअघि दुवै सदनबाट पारित भएकाे विधेयक प्रमाणीकरणका लागि पेस गर्दा...

विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

विराटनगर । विराटनगरमा बैंकबाट पैसाँ झिकेका एक जना व्यापारीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको छ । विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् । ट्राफिक चोकमा उनले ग्लोबल...

पहिलो संबिधान सभाबाट संबिधान बन्न नसक्दा माओबादी कमजोर भयो : उपमहासचिव गजुरेल

विराटनगर । नेकपा माओबादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पहिलो संबिधानसभाबाट संबिधान बन्न नसक्दा माआबोदी कमजोर बन्न पुगेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा विहिवार प्रेस सेन्टर प्रदेश समितिले विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उपमहासचिव...

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

काठमाडौं, ७ जेठ-बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मंगलबार बसेको बैठकले ११ चैतदेखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्