विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

 न्यूज विराट
विराटनगरमा बैंकबाट पैसाँ झिकेका व्यापारीमाथि खुकुरी प्रहार, साथी पक्राउ

विराटनगर । विराटनगरमा बैंकबाट पैसाँ झिकेका एक जना व्यापारीमाथि बिहीबार दिउँसो खुकुरी प्रहार भएको छ । विराटनगर १५ निवासी ३२ वर्षीय राहुलकुमार रायमाथि स्थानीय रामकुमार साहले खुकुरी प्रहार गरेका हुन् ।

ट्राफिक चोकमा उनले ग्लोबल बैंकबाट पैसाँ झिकेपछि खुकुरी प्रहार हुँदा उनको हातमा चोट लागेको छ । घाइतेको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ। घाइते रायको जोगबनीमा किराना पसल छ । उनीमाथि हमला गर्ने साहलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहालले जानकारी दिए । पक्राउ परेका घाइते हुनेका साथी हुन् । पुरानो रिसीबिलाई लिएर उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

दुबईमा नेपाली श्रमिक बेतलबी बिदामा बस्न बाध्य

काठमाडाैं, ४ वैशाख-दुबईमा धेरै नेपालीलाई राेजगारदाता कम्पनीले बेतलबी बिदामा बस्न बाध्य पारेकाे पाइएकाे छ । त्यहाँबाट नेपाल फर्किन चाहेका नेपालीमध्ये ७६ प्रतिशत बेरोजगार पाइएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले स्वदेश फर्किन चाहनेहरूको तथ्याङ्क थाहा...

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...

हरिणको सिङसहित एक जना महिला पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका ७ निचामारी टोल बस्ने वर्ष ५५ कि सागर देवीलाई प्रहरीले मंगलर पक्राउ गरेको हो। गैरकानूनी...

मन्त्री कार्कीद्वारा उदयपुरको सुरक्षाबारे ‘ब्रिफिङ’

उदयपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उदयपुरमा रहेका सुरक्षा निकायसङ जिल्लाको सुरक्षाका बारेमा ब्रिफिङ लिनुभएको छ । मङगलबार जिल्ला प्रशासन कार्यालय उदयपुर परिसरमा सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा जिल्लाको सुरक्षा...

विराटनगरमा शनिबारदेखि चौथो संस्करणको मारवाडी क्रिकेट लिग सुरु हुँदै

विराटनगर । विराटनगरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सुरु हुने भएको छ । यस वर्षको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता शनिबारदेखि संघीय राजधानी काठमाडौं, कोशी प्रदेशको राजधानी विराटनगर र भैरहवामा हुने भएको हो...

कोशीमा बाढी पहिरो : कहाँ–कहाँ सडक अवरोध, चारवटा सडक अझै खुलेन, पाँचवटा सडक सुचारु

विराटनगर । शनिबार बिहान राती परेको अविरल वर्षाको कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वडा सडकमध्ये पाँचवटा एकतर्फी खुलेको छ ।कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चारवटा सडक खुलेको छैन । अझै सुचारु...

प्रदेश १ को वार्षिक नीति तथा कार्यक्रमः स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा

विराटनगर, २७ जेठ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका छन् । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख ‘प्यासी’...

महान क्रिकेटर शेन वार्नको निधन

महान क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । अष्ट्रेलियाका क्रिकेटर वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको क्रिकइन्फोले जनाएको छ । ५२ वर्षको उमेरमा उनको शंकास्पद हृदयघातका कारण निधन भएको जनाइएको छ । वार्न टेष्ट क्रिकेटमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्