बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

 न्यूज विराट
बीपी प्रतिष्ठानमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान १२ का ४१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि मृतक पुरुषलाई २० वैशाखमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । २१ बैशाखमा कोरोना रिपोर्ट पाजिटिभ देखिएपछि उनलाई कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएकोमा उपचारकै क्रममा शनिबार मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । यस अघि शनिबार विहान बीपी प्रतिष्ठानमै तेह्रथुमकी २० वर्षीया युवतीको संक्रमणबाट मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

अर्थमन्त्रीबाट जनार्दनको राजीनामा मात्रै पर्याप्त हुन्न : शेखर कोइराला

जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...

१ महिनादेखि ठप्प होटल व्यवसाय

काठमाडौं, १५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको १ महिनाभन्दा बढी भइसकेको छ । यसले मानवीय क्षति हुनबाट देशलाई जोगाएको छ । तर, अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ...

कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन : डीआईजी पोखरेल

काठमाडौं, ७ जेठ-काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका २ प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब...

सशस्त्र प्रहरीको टोली खलंगाबाट लाग्यो कालापानीतर्फ

सशस्त्र प्रहरीको टोली भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रतर्फ हिँडेको छ । सशस्त्रको टोली दार्चुला सदरमुकाम खलंगाबाट मंगलबार त्यसतर्फ लागेको हो । कालापानी क्षेत्रभन्दा झण्डै १२ किलोमिटर दक्षिणी क्षेत्रमा निर्माण हुने बीओपी (बोर्डर आउट पोस्ट) निर्माण...

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

एमसीसीको पक्षमा मतदान गरे जनकारबाही गर्ने मन्त्री भट्ट र देउवालाई विप्लवको चेतावनी

डडेल्धुरा, ११ असार-पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारबाही गर्ने चेतावनी दिएको छ । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित देउवा निवासको...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्