सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

 न्यूज विराट
सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ ।

सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ । नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । ‘सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११÷१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो’ सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।’

सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए ।

लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

गणपति न्यौपानेले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधारणमा जनचेतनासमेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ, उता ग्रामीण भेगहरूमा सर्वसाधारणलाई सङ्क्रमणबाट जोगिनका लागि जनचेतनासमेत फैलाइरहेका छौँ’ उनले भने ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा पाँच, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२ र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन् ।

जिल्लाको भारतीय सीमामा ५५ वटा केन्द्र राखी २४सै घण्टा निगरानी शुरु गरिएको र मातहतका सबै चौकीले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिँदै गणपति न्यौपानेले भने, ‘भारतसँग जोडिएको खेत, खोलादेखि गल्लीसम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ ।’ यसका लागि सप्तरीमा २०० प्रहरी थप गरिएको छ । रासस

सम्बन्धित समाचार

राहतले विपन्न परिवारमा खुसी

विराटनगर, २० चैत-प्रतिकूल अवस्थामा स्थानीय सरकारले खाद्य सामाग्री वितरण अभियान चलाएपछि इटहरीका विपन्न परिवारले राहत महसुस गरेका छन् । । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार परिवारलाई...

मारवाडी प्रिमियर लिग हुने, पाँच टिमको सहभागि

विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेलमैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।नेपाल...

सम्झना कार्की भइन् मिसेस कोशी

विराटनगर । विराटनगरकी सम्झना कार्कीले चौथो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस कोशीको उपाधि जितेकी हुन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगितामा मोरङ...

अष्टलक्ष्मी शाक्य मसँग सल्लाह गरेरै मुख्यमन्त्री बन्नुभएको हो:माधव नेपाल

काठमाडौं, ८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अष्टलक्ष्मी शाक्य आफूसँगै सल्लाह गरेरै मुख्यमन्त्री बनेको दाबी गरेका छन् । मंगलबार चन्द्रागिरि रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफूसँगै सल्लाह गरेरै शाक्य बागमती प्रदेशको मुख्यमन्त्री...

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४...

एसईईको नतिजा आज आउँदै

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षको नतिजा आज सार्वजनिक हुन लागेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए...

मोरङ कारागारका कैदी बन्दी आन्दोलित

विराटनगर ।  मोरङ कारागारका जेलर धुब्रप्रसाद कोइरालाको सरुवाको माग राख्दै यहाँका  कैदी बन्दी आन्दोलित भएका छन् । जेलर कोइरालाले  कैदी बन्दीहरुलाई  अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू सोमबारदेखि आन्दोलित भएका हुन् । बिरामी भएर उपचारमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्