जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

 न्यूज विराट
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

विराटनगर, ११ वैशाख । यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेललाई समर्पण गरिएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा कार्यक्रम गरी १५ हजार ५१ हजार रुपैयाँ राशिको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पौडेललाई समर्पण गरेको हो ।

क्यान्सर रोगबाट पीडित पौडेल विगत साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । थप उपचारका लागि काठमाडौं जानु भएका कारण पत्रकार पौडेलका छोरा अभिन्न पौडेलले पुरस्कार ग्रहण गरे । पौडेललाई भूमि सुधार तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले नगद र सम्मानपत्र समर्पण गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्वाहाम्फेले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले तथ्य सत्य कुराहरुलाई मात्रै उजागर गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष लिलाबल्लब घिमिरे, नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, जनार्दन मैनाली पत्रकारिता पुरस्कारकी संरक्षक कमला मैनाली, प्रदेश १ सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्मा, प्रेस चौतारी मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्ट, प्रेस चौतारी मोरङका पूर्वअध्यक्ष माधव अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं, ६ भदौ-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादका विषय अध्ययन गर्न बनेको कार्यदले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवदेन बुझाएको छ । आज अपराह्न ४:४५ मा प्रतिवेदन बुझाएको पार्टी अध्यक्ष...

प्रधानमन्त्री‍ ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं, १३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सर्वदलीय बैठक डाकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक...

संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

पोखरा, ५ असार-पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि सँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका...

अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।...

एमाले कोशी प्रदेशको अधिवेशन : नयाँ नेतृत्वका लागि ९७७ जनाले गरे मतदान, दिउँसोबाट हुने गणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ। विराटनगरस्थित होटल मुनास्लुमा भएको मतदानमा ९९७ मध्ये ९७७ मत खसेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

ब्याजदर छुट दिन जलविद्युत् व्यवसायीको माग

काठमाडौं, ११ असार-ऊर्जा व्यवसायीले जलविद्युत् आयोजनाका लागि प्रवाह भएको बैंक कर्जाको ब्याजदरमा छुट दिन माग गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा व्यवसायीले धारणा राखेका हुन् । उनीहरूले विदेशी मुद्रामा विद्युत्...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्