त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

 न्यूज विराट
त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र कमल सिंह ऐरीले २/२ विकेट लिए । अभिनाश वोहराले १ विकेट लिए ।

ब्याटिङमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । भुर्तेलले ३ छक्का र ८ चौकाको सहयोगमा ५३ बलमा ७७ रन हान्न सफल भए । जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । कुशल मल्ल ५ छक्का २ चौका हान्दै २४ बलमा ५० रन जोड्दै अविजित रहे ।

नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रन जोड्दै नटआउन रहे । उनले ३ छक्का ५ चौका हाने । यसबाहेक कप्तान ज्ञानेद्र मल्लले ३३ र आरिफ शेखले १६ रनको योगदान दिए ।

टस हारेर पहिला ब्याटिङको मौका पाएको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेट गुमाएर नेपालकै इतिहासमै सर्वाधिक २३८ रन बनाएको थियो । नेपालले यसअघि भूटानसँगको खेलामा सर्वाधिक २३६ रन हानेको थियो । त्यो रेकर्डलाई नेपालले अहिले तोडेको हो ।

सम्बन्धित समाचार

मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’को...

बझाङमा आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको भएन परीक्षण

बझाङ, २५ वैशाख-बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेस्ट गर्न किट अभाव भएको...

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ । हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का...

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

सुम्निमा स्कुलका २५ जना विद्यार्थी दिक्षित, दिनभरी मनोञ्जन कार्यक्रम

विराटनगर । विराटनगर – ११ मा रहेको सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् ।स्कुलले शनिबार एक भव्य कार्यक्रम आयोजना गरी प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको...

मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

विराटनगर, २० असोज -प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित...

ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्