एमाले नेताको हैसियतमा बादल फेरि गृहमन्त्री बन्दै, साँझ ५ बजे शपथ

 न्यूज विराट
एमाले नेताको हैसियतमा बादल फेरि गृहमन्त्री बन्दै, साँझ ५ बजे शपथ

नेकपा एमालेको नेताको हैसियतमा रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमालेको नेताको हैसियतमा पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट हटाएपछि गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका थिए ।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले थापाको आइतबार शीतलनिवासमा साँझ ५ बजे शपथग्रहणको समय तय भएको जानकारी दिए । सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । थापा त्यही संवैधानिक व्यवस्था अनुसार फेरि गृहमन्त्री बन्न लागेका हुन् ।

माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमै बस्ने निर्णय गरेका थिए ।

माओवादी केन्द्रले पार्टीमा फर्किन आग्रह गरे पनि थापा एमालेमै बस्ने निर्णयमा पुगेका थिए । त्यसपछि माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

थापा एमालेतिर लागेपछि माओवादी केन्द्र्रले पदमुक्त गर्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रका आधारमा संसद सचिवालयले आइतबार बिहान थापाको राष्ट्रियसभा सदस्य पद रिक्त भएको सूचना जारी गरेको हो ।

यसअघि माओवादी केन्द्रले एमालेतिर लागेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्टलाई प्रतिनिधिसभा सदस्यबाट हटाएको थियो ।

सम्बन्धित समाचार

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...

छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, १४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २५ साउन । आज एकै दिन धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले १४ अर्ब रुपैयाँबराबरको शेयर किनबेच गरेका छन् । सोमबार नेप्से झिनो अंकले बढे पनि शेयर किनबेच भने १४ अर्ब १३ करोड ७३ लाख ३८...

नुवाकोटका १ जनामा कोरोना आशंका

नुवाकोट, २४ वैशाख-नुवाकोटको विदुर नगरपालिकाका १ व्यक्ति कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार आज साँझ ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना...

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले...

अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ

एजेन्सी, जेठ २२-अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन् । सिरियाबाट अमेरिकी सेना...

गृहले ल्यायो क्वारेन्टाइनबाट भागे तत्काल प्रहरीलाई खबर पुग्ने ‘एप’

संक्रमणको सम्भावना भई क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खबर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खबर दिने विशेषतासहितको...

चितवनमा थप ५ जनामा कोरोना पुष्टि

चितवन, ८ असार-चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक परीक्षण गरिएको परीक्षणमा माडी...

आरोहण गुरुकुल विराटनगरमा नाटक ‘महाभोज’ मञ्चन सुरु

विराटनगर, माघ २३–विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनोट भएर जानेक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्