अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ

 न्यूज विराट
अमेरिकी पूर्वरक्षामन्त्रीले भने : ट्रम्प विभाजन चाहन्छन्, उनीबाहेक हामी एक होऔँ

एजेन्सी, जेठ २२-अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउसनजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच ‘झुटाे द्वन्द्व’ सिर्जना गर्ने किसिमको बताएका छन् ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गरेका म्याटिसले भने, ‘मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु र यसबाट मलाई क्रुद्ध बनाएको छ ।’

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन् । तर, प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्त्व दिइएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन ।’  म्याटिसले अगाडि भनेका छन्, ‘डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकतावद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उहाँ हामीलाई विभाजन गर्न चाहनुहुन्छ । हामीले ३ वर्षदेखि यही शैली पाएका छौँ । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौँ ।’

म्याटिसले ट्रम्पबाहेक अरु अमेरिकीहरू एकतावद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुनबमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार

लिम्पियारधुरासहितको नयाँ नक्साबारे पुस्तक प्रकाशन गरिने

काठमाडौं, २ साउन-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धित विषय, तथ्य प्रमाणहरू समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रालयमा आयोजना...

पत्रकार महासङ मोरङको कार्यबहाक बिबाद टुङ्गियो, भट्टराईलाई जिम्मा

विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो...

भारतले आज ७३औँ गणतन्त्र दिवस मनाउँदै : नेपालबाट दिइयाे शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा...

नापोलीले जित्यो कोपा इटालियाको उपाधि, युभेन्टस टाइब्रेकरमा पराजित

एजेन्सी, असार ४-नापोलीले कोपा इटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि भएको टाइब्रेकरमा नापोली ४–२...

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कटहरी गाउँपालिकाद्वारा प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण 

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी  मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई  १० थान साइकल, १ थान कम्प्युटर, १ थान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्