तराईमा होली आज, हराउँदैछ मौलिकता

 न्यूज विराट
तराईमा होली आज, हराउँदैछ मौलिकता

तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । तराईमा भने त्यसको भोलिपल्ट रंग, अवीर दलेर शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा असत्यमाथि सत्यको जितको खुसियालीमा यो पर्व मनाइने धार्मिक मान्यता छ ।

हराउँदैछ मौलिकता

तराई-मधेसमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ पछिल्लो समय लोप हुँदै गएको छ । यो मौलिक गीत तराईका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो । तर, आधुनिक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ ।

फागु आउन १५ दिनअघिदेख तराई-मधेशमा गुञ्जिने फागु विषेश गीत अहिले सुनिन छाडेका छन् । यससँगै होलीको रौनक पनि खस्कँदो छ । श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म मृदङ्ग, हारमोनियम र डम्फूका तालमा तराईका बस्ती/बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता हराएको बूढापाकाहरू बताउँछन् ।

सिराहाको नरहा गाउँपालिका-३ का ७७ वर्षीय गंगाराम यादव वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा दुःखी छन् । ‘होली पर्वको आगमनसँगै कुनै बेला गाउँघरमा राति गुञ्जिने होली गीत अचेल सुनिँदैन,’ यादव भन्छन्, ‘उहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब न त ढोल, मृदङ्ग नै बज्छन् न त फागु गीत नै गुञ्जिन्छन् ।’

पुरानो सांस्कृतिक परम्परा लोप हुँदै गइ त्यसको स्थानमा आधुनिकता र यान्त्रिकीकरण हाबी हुँदा फागु गीत लोपोन्मुख अवस्थामा पुगेको उनी बताउँछन् । वैदेशिक रोजगार र आधुनिक शिक्षाका लागि ग्रामीण क्षेत्रबाट लाखौँको संख्यामा युवा विस्थापित हुँदा पनि यस्तो समस्या आएको उनको भनाइ छ ।

अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखा परेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको मिर्चैया नगरपालिका- ७ का ६५ वर्षीय रामखेलावन यादव बताउँछन् ।

अहिले बजारमा पाइने जोगिराका संस्करणहरूले पनि परम्परागत होली गीतमाथि धावा बोलेको र आधुनिकताले पौराणिक परम्परा लोप हुँदै गएको उनले बताए । परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा यसको संरक्षणका लागि युवा वर्गअगाडि आउनुपर्नेमा बुढापाकाको जोड छ ।

सम्बन्धित समाचार

पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए । ‘पाँच...

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौँ, २९ असोज-जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

बस्ती जोखिममा हुने गरी अवैध उत्खनन्, धनपालथान गाउँपालिका र प्रशासन मुख दर्शक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ मा जथाभावी माटो उत्खननले कदमा र नोचा बस्ती जोखिममा परेको छ । धनपालथान ६ लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन भएको कारणले बस्ती जोखिममा परेको हो...

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । उक्त...

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा...

त्रिभुवन विमानस्थलमा बम राखिएको कुरा हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् । विमानस्थलमा आठवटा बम राखिएकाे भनेर अज्ञात व्यक्तिबाट फाेन आएपछि प्रहरीले यात्रुहरूलाई बाहिर निकालेर खानतलासी लिएकाे थियाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्