मैथिली भाषा संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड

 न्यूज विराट
मैथिली भाषा संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड

विराटनगर, ७ चैत । मैथिली भाषा संरक्षणका लागि थप एकजुटता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखामा शनिबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

मैथिल ब्राह्मण महासभा युवा कार्यसमिति मोरङले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मैथिली सेवा समितिका महासचिव तथा आयोजक संस्थाका सल्लाहकार विपुलेन्द्र झाले पछिल्लो समय भाषाभाषीलाई टुक्राउने खेल भइरहेकाले सजग तथा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सञ्चारकर्मी तथा मैथिली अभियन्ता प्रवीणनारायण चौधरीले सञ्चारकर्ममा जुटेका मैथिली सञ्चारकर्मीहरुले आगामी जनगणना लक्षित कार्यक्रम तथा अभियानहरु चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

नेपाल प्रेस युनियनका सचिव गोपाल पोखरेलले विविध भाषासंस्कृति र संस्कारहरु राष्ट्रको सम्पत्ति भएको बताउनुहुँदै त्यसको संरक्षण आवश्यक रहेको बताए । उनले सञ्चारकर्ममा जुटेका संचारकर्मीहरुको क्षमता अभिवृद्धि तथा संरक्षण गर्न सरोकारवालाले ध्यान दिनुपर्ने जोड दिए ।

मैथिल संचारकर्मी संघका अध्यक्ष नवीन कर्णले नवगठित संघले संचारकर्मीहरुको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका निम्ति काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । आगामी दिनमा संघले भाषा सम्बन्धित विभिन्न अभियानहरु संचालन गर्ने बताउनुहुँदै उहाँले त्यसमा सरोकारवालाको सहभागिता र समर्थन आवश्यक रहेको बताए ।

कार्यक्रमका अन्य सहभागी वक्ताहरुले मैथिली भाषाको आफ्नै लिपी, व्याकरण, साहित्य र इतिहाससमेत रहेकाले यो भाषा हरेक हिसाबले समृद्ध रहेको बताएका थिए । यद्यपि पछिल्लो समय भाषाभाषीमा फुट ल्याउने तथा कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसबिषयमा सजग रहनुपर्ने उनिहरुले सुझाव दिएका थिए ।

मकालु टेलिभिजनका बरिष्ठ सम्बाददाता नवीन कर्णको अध्यक्षतामा वितेको फागुन २९ गते मोरङलाई कार्यक्षेत्र बनाई सक्रिय २४ सदस्यीय मैथिल संचारकर्मी संघको तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षमा प्रकाश प्रेमी र महिला उपाध्यक्षमा कुमारी श्रेया रहेका छन् ।

संघको सचिवमा वीरेन्द्रकुमार साह, सहसचिवमा उषाकुमारी सरदार र कोषाध्यक्षमा राकेश कर्ण रहेका छन् । यसैगरि सदस्यहरुमा सन्तोष मेहता, शिवम मिश्र, निरज चौधरी, प्रेम यादव, प्रियंका कामत, राधा मण्डल, हुसैन शेख र पवन साह छन् ।

संघको सल्लाहकारहरुमा ब्रह्मदेव यादव, अरबिन्द मेहता, प्रवीणनारायण चौधरी, जीतेन्द्र ठाकुर, तेजलाल कर्ण, पुनम सिंह र अमलेश कर्ण छन् । नेपाल पत्रकार महासंघका पूर्व राष्ट्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यमा गठन गरिएको संघमा पत्रकार बरुण मिश्रा अन्र्तराष्ट्रिय सल्लाहकारको जिम्मेबारी ग्रहण गरेका छन् । नवगठित संघका पदाधिकारीलाई आयोजक संस्थाका अध्यक्ष मनोजकुमार मिश्र लगायतले सम्मान गरे ।

सम्बन्धित समाचार

प्रदेश १ मा यस्तो बन्यो जम्बो मन्त्रीमण्डल, कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ?

विराटनगर, २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूबीच भागबण्डामा सहमति जुटेसँगै आइतबार मुख्यमन्त्री राईले कांग्रेस र एकीकृत समाजवादीका तीन–तीन र माओवादी केन्द्रका दुई जनालाई...

विश्वमा सकियो तेल भण्डारण क्षमता, मूल्यमा गिरावट

एजेन्सी, बैशाख १५-विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो । तेल उत्पादन...

मजदुरमारा देखियो माओवादी सरकार, मजदुरले पाएनन २६ महिनासम्म तलब

सीपी लोहिया, न्युज कारखाना । बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थ वर्करहरूले २६ महिनासम्मको तलब पाएका छैनन । बिभिन्न चरणमा भएको सहमति कार्यान्वयन नहुँदा ती मजदुरले तलव नपाएका हुन । २३ महिनासम्मको तलब नपाएको भन्दै गत...

मर्यादित व्यवयासी संचालन गर्न जोड

विराटनगर । औषधी क्षेत्रमा देखा परेको बिकृती र विसङ्ंगती अन्त्य गरि स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । नेपाल औषधी व्यवसायी सङ्घ मोरङले विजय दशमी, शुभ दीपावली, छठ र नेपाल...

नेकपा विवाद अर्को नाटकीय मोडमा 

काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद...

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइरालाले लिए सपथ

विराटनगर ।कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार नियुक्त भएका अधिवक्ता रूपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसादराज भण्डारीले...

टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१...

भारतमा एकै दिन ६ सय ८१ जना कोरोना संक्रमितको मृत्यु

एजेन्सी, साउन ५ भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४ सय २५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्