विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

 न्यूज विराट
विराटनगरका एक युवा रहस्यमय अवस्थामा मृत फेला

विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् ।

विराटनगर १९ मा निर्माणाधिन रहेको अन्र्तराष्ट्रिय रंगशाला नजिकैको पिपलको रुख मुनी आज उनको शव भेटिएको छ । मृतकको घाँटीमा नाइलनको डोरीले बेरिएको र बंगरा भाँच्चिएको तथा जिउमा निलडाम रहेको प्रत्यक्षदर्शी विराटनगर ४ का बिशाल सिंहले जानकारी दिए ।

मृत भेटिएका कान्छा हिजो बिहान आयलनिगम नजिकै रहेको आफ्नो घरबाट काम छ भन्दै निस्किएपनि बेलुकी घर नफर्किएको मृतकका दाजु रामबहादुर राईले जानकारी दिए ।

स्थानियबासीले रुख मुनि मृतकको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि मात्र राई परिवारले कान्छाको मृत्यू भएको थाहा पाउन सकेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको शवको मुचुल्कागरि पोष्टमार्टमकालागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्काले मृतकको शव शंकास्पद अवस्थामा भेटिएको बताए । उनले मृतकको घाँटीमा बेरिएको डोरी रुखबाट चुँडिएर शव झरेको अवस्थामा भेटिएको बताए । प्रहरी उपरिक्षक खड्काले मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि थप कुराहरु खुल्ने बताए ।

सम्बन्धित समाचार

स्थायी कमिटीबाट समस्या समाधान गर्ने नेकपा सचिवालयको निर्णय

नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठकबाट समस्या समाधान गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्रको समस्या स्थायी कमिटी बैठकबाट समाधान गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठक भोलि...

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न

विराटनगर, २४ माघ । मिस एण्ड मिस्टर रौनियार २०७७ को प्रदेशस्तरिय पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ । आयोजक एमि इन्टरटेन्टमेन्ट प्रालि, काठमाण्डौले आज विराटनगरस्थित रौनियार सेवा सदनमा आयोजना गरेको कार्यक्रमकाबीच अडिसन सम्पन्न भएको हो।...

ग्रामथान गाउँपालिकाका कर्मचारी विवाहमा रमाउँदै, सेवा प्रवाहमा समस्या

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अधिकांश कर्मचारीहरू विवाहमा जन्ती जाँदा सेवा प्रवाहमा समस्या देखिएको छ । गाउँपालिकाको योजना शाखाका पाँचौँ तहका कर्मचारी केदार त्रितालको विवाहमा ग्रामथान गाउँपालिकाका अधिकांश कर्मचारी जन्ती गएको कारणले सेवा प्रवाहमा समस्या...

अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...

होली अवधिमा मोरङ ट्राफिक प्रहरीद्वारा २६९ सवारी साधनलाई कारवाही

विराटनगर । होली पर्वको अवसरमा मोरङ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २६९ सवारी साधनलाई कारवाही गरिएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार, कारवाहीमा परेकामध्ये हेलमेट नलगाई सवारी चलाउने ७२ जना, तीन...

प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर, चैत्र २५–प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० रुपैयाँ लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको हो...

राष्ट्रपतिले शीर्ष नेतालाई शीतल निवास डाकिन्

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्