अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

 न्यूज विराट
अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ ।

गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ ।

सो सेवाको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जनताको अति आवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए । यो प्रणाली मङ्गलबारदेखि सुरु हुनेछ ।

मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ–पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । रासस

सम्बन्धित समाचार

लागू औषध सहित चार जना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । सुन्दर हरैचना र बेलबारीबाट बुधबार प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता...

प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

काठमाडौं, २८ जेठ-प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकामा सदनको बहुमतले अस्वीकृत...

प्रदेश १ मा था ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

विराटनगर, बैशाख २७–नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ जना पुगेको छ । शुक्रबार अबेर गरिएको परीक्षणमा उदयपुर, कपिलवस्तु र पर्सामा थप सात जनामा कोरोना पुष्टि...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

विराटनगरका उद्योगी श्रवण अग्रवाललाई कुटपिट गर्नेमाथि कारबाहीको माग (विज्ञप्तीसहित)

विराटनगर, २ फागुन । विराटनगरका उद्योगी श्रवण अग्रवालमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गरिएको छ । विराट व्यापार संघले एक विज्ञप्ती प्रकाशित गर्दै कुटपिटमा संलग्न पवन शर्मालाई कारबाही गर्न माग गरेको हो । व्यापार संघले अग्रवालमाथि...

विराटनगरमा ३९ सहित प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

२४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : जोगवनीलाई हराउँदै एनबीएससी विराटनगर सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्