अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

 न्यूज विराट
अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर उनीहरूले पूर्ववत् अवस्थामा अघि बढ्ने सहमति गरे ।

२३ पुस ०७६ मा बामदेव गौतमको निवासमा नेकपा अध्यक्ष ओलीविरुद्ध प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठसहितको गठबन्धन बन्यो । र, सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गर्ने यो समूहले निर्णय गर्‍याे ।

त्यसयता प्रचण्ड-माधव नेपालको सम्बन्ध बढ्ता हार्दिक बन्न थालेको हो । त्यसैकारण १७-१९ माघको केन्द्रीय कमिटीका बैठकमा पनि यो समूह एक भएको थियो । र, ओलीविरुद्ध निर्णय लिन सफल भएका थिए । ओलीको अनिच्छाबीच अमेरिकी परियोजना एमसीसीसम्बन्धी अध्ययन कार्यदलसमेत बन्यो । २३ पुसदेखि जारी प्रचण्ड-माधव सम्बन्धले ७ वैशाख ०७७ मा केपी ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेशले झनै घनिष्ठता बढायो ।

हुनलाई अध्यादेश ल्याउनुअघिसम्म ओलीले प्रचण्ड र माधव नेपाललाई छुट्टाछुट्टै भेटेर प्रधानमन्त्री र अध्यक्ष पदको आश्वासन दिइरहेका थिए । त्यसैले वैशाख ०७७ मा प्रचण्ड ओलीविरुद्ध आक्रामक भएका बेला माधव नेपाल मध्यधारमा उभिन्थे पनि । त्यतिबेला प्रचण्डलाई भावनात्मक रुपमा नबहकिन र ओलीलाई निरंकुश शैली नअपनाउन भन्दै एक विज्ञप्ति पनि निकालेका थिए । त्यसैले माधव प्रचण्डसँग पुरै एकगठ चाहिँ भइसकेका थिएनन् ।

तर, जब १० असार ०७७ मा विवादका बीच स्थायी कमिटी बैठक बस्यो र बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव आयो । र, ओली नेपालविरुद्ध खनिन थाले त्यसपछि प्रचण्डसँगको सम्बन्ध विस्तार भएको हो । त्यसपछि निरन्तर प्रचण्ड-माधवको सम्बन्ध विस्तार भयो । ओलीकै शब्दमा ५ पुस ०७७ भन्दाअघि प्रचण्ड र माधव नेपालबीच खुमलटारमा १२३ वटा वैठक भए । ती सबै बैठक आफूविरुद्ध थिए भन्ने ओलीको जिकिर छ ।

ओलीसँग नेपालको सम्बन्ध यति तिक्ततापूर्ण भयो कि १० असारपछि एकैचोटी असोजमात्रै नेपाल र ओलीबीच बोलचाल भएको थियो । माधव-प्रचण्डसँग नजिकिएको नाममा ओलीसँग नेपालको सम्बन्ध बिग्रिँदो क्रममा थियो ।

त्यसै कारण ओली र नेपालको संवाद पनि महिनौ दिन हुन सकेन । तर, जब ५ पुसमा संसद् विघटन गर्ने निर्णयमा ओली पुगे । त्यसपछि त झनै ओली नेपाल सम्बन्ध तिक्त बन्यो र प्रचण्ड-माधव सम्बन्ध घनिष्ठ बन्यो । प्रचण्ड-माधव समूहको ६ पुसको केन्द्रीय कमिटी बैठकले नेपाललाई अध्यक्ष चयन गर्‍यो । डेढ वर्षअघि २३ पुस ०७५ देखि घनिष्ट सम्बन्धमा गाँसिएका प्रचण्ड र नेपालको २४ फागुन ०७७ मा डिभोर्स भएको छ ।

नलाई नेपाल र प्रचण्डको सम्बन्ध ३५ वर्षभन्दा लामो हो । तर, ती सबै सम्बन्ध अलग पार्टीको रुपमा थिए । तर, पार्टी एकतापछिका डेढ वर्षको हार्दिक सम्बन्ध चाहिँ निरस विछोडमा टुंगिएको छ । भलै २३ फागुन ०७७ मा सर्वोच्च अदालतले नेकपा एकता बदर गरेपछि प्रचण्ड-माधव सम्बन्ध तिक्ततापूर्ण भन्दा पनि सहमतिमै विछोड भएको हो ।

सम्बन्धित समाचार

कान्तिपुर कलेजमा विद्यार्थीको भिड, भर्ना भएका विद्यार्थीलाई गराइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक,...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

मोरङ, ९ साउन-मोरङमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरे ।...

मोरङ–३ मा पूर्वमन्त्री ढकाल र शर्माबिच चुनावी भिडन्त पक्का

विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...

‘देशव्यापी ‘लकडाउन’बारे सरकारले तत्काल सोचेको छैन’

काठमाडौं, २२ साउन-संक्रमणको जोखिम बढेको ठाउँमा मात्रै लकडाउन गर्ने सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब देशव्यापी लकडाउन नलगाइ जोखिम बढी भएको ठाउँमा स्थानीय तह र स्थानीय...

उदयपुरमा बम विस्फोट

विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, १९ कात्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्