कान्तिपुर कलेजमा विद्यार्थीको भिड, भर्ना भएका विद्यार्थीलाई गराइयो अभिमुखिकरण
बुधबार, १० साउन, २०८०,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर – १० मा अवस्थित कान्तिपुर कलेजमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भिड लागेको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण आफ्ना छोराछोरी कान्तिपुर कलेजमा पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।
गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा परेको कान्तिपुर कलेजको कक्षा ११ मा भर्ना भएका झण्डै एक हजार विद्यार्थीलाई अभिमुखिकरण गराएको छ । विराटनगरस्थित एक होटलमा बुधबार भव्य कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका ९ औं व्याजका ९९० जना विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।
भर्ना भएका मध्ये विज्ञान संकायमा ३५०, व्यवस्थापनमा ५२० र होटल व्यवस्थापनमा १२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल नेपालले बताए । अभिमुखिकरणमा विद्यार्थीहरुलाई कलेजको नियम, कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यस विषयमा पनि जानकारी गराएको उनले बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गायक तुलसी घिमिरले गीत प्रस्तुत गरी रमाईलो गरे । कार्यक्रमको प्रमुख अतिथि शिक्षा विकास तथा समन्य इकाइ मोरङका प्रमुख टंक प्रकाश गौतमको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै उनले प्रविधिको विकास सँगै रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको बताए । उनले गुणस्तरीय शिक्षासँगै सिपमुलक शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा कलेजका अध्यक्ष खुसीराज श्रेष्ठ, निर्देशकहरु शंकर काफ्ले, विष्णु दाहाल, प्राडा तेज नारयण मण्डल, इन्जिनियर जयनाथ यादवलगायतको उपस्थीति रहेको थियो ।
स्थापनाको छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरी कान्तिपुरले विद्यार्थीहरूको मन जित्न सफल भएको छ ।
विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, र कम्प्युटर विज्ञान पठाइ हुने उक्त कलेजमा २०७२ सादेखि नयाँ व्यवस्थापन आएर कलेज संचालनमा ल्याएपछि सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । ०७२ देखि छैठौं व्याजसम्ममा पाँच हजारभन्दा बढी विद्यार्थीले प्लसटु उत्तिर्ण गरेपछि विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका छन् ।
यस कलेजदेखि उत्तिर्ण भएका मध्ये इन्जिनियरिङमा १ सयभन्दा बढी, मेडिकल क्षेत्रमा ७५, सिए, बिबिए र अन्य विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूले नाम निकाल्नुको साथै पूर्ण छात्रवृत्ति पनि पाएको कलेजले जनाएको छ । कलेजमा भर्ना हुने विद्यार्थीहरूको लागि निःशुल्क कोचिङ कक्षाको पनि व्यवस्था गरेको कान्तिपुर कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिए । विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने र देशको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले अगाडी बढेको छ ।
ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका...
विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...
काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...
विराटनगर, माघ २६–मोरङको रंगेली नगरपालिकास्थित संसारी माई मन्दिरमा चोरी गर्ने ब्यक्तीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सो चोरीको घटनामा संलग्न रंगेली नगरपालिका ३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...
एजेन्सी, बैशाख ४-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा छ। यहाँ संक्रकणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आजसम्म ४ सय २९ पुगेको छ...
काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...
काठमाडौं, २५ पुस । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।...