
विराटनगर, १९ मंसिर–उदयपुरको कटारीस्थित चुन ढुंगा खानीमा बम बिस्फोट भएको छ । कटारी–८ स्थित सौर्य सिमेन्टको चुन ढुंगा खानीमा बिहिबार राति १२ बजे बम बिस्फोट भएको हो । विस्फोटका कारण एए स्काभेटर र एउटा मोटर साइकलमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाको अहिलेसम्म कुनै समुहले जिम्मा नलिएका कारण बम कसले र किन बिस्फोट गरायो भन्नेवारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा अनुसन्धान सुरु गरिएको छ ।