नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् । आइतबार बिहान प्रचण्ड र नेपालले सभामुख सापकोटासँग भेट गरेका हुन् । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अध्यक्षद्वयले संसद बैठकको कार्यसूचीबारे जानकारी दिएको बताए ।
पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठक आजदेखि सुरु हुँदैछ । नेकपाको आधिकारिकता विवाद कायमै रहेका बेला सुरु हुन लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ ।
यसअघि नेकपाका दुवै समूहले संसदीय दलको नेता तथा प्रमुख सचेतक चयन गरेका छन् । प्रचण्ड–माधव समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । उता ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई चयन गरेको छ ।