उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

 न्यूज विराट
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी घोषणा

विराटनगर, फागुन १–नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष किशोर प्रधानले आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज विराटनगरमा उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन् । विगत २६ वर्ष देखि उद्योगी व्यवसायीका समस्या उठाउँदै आएकाले अझै एक पटक उद्योग व्यवसाय क्षेत्रको सेवा गर्ने मौका उद्योगी व्यवसायीसँग आफूले मागेको प्रधानले बताए ।

आफूले निर्वाचन जिते उद्योग बाणिज्य महासंघमा १० वर्षमा नभएको काम तीन वर्षमा गरेर देखाउने दाबी प्रधानको छ । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले काममा टिम स्प्रिट बढाउन पनि बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई आफूले रोजेको बताए । उनले महासंघको गरिमा बढाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने स्पष्ट पारे ।

नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले उद्योग बाणिज्य महासंघले व्यवसायीका समस्या समाधानमा भूमिका खेल्न नसकेको गुनासो गरे । ‘महासंघकालाई बचाउनै पर्ने अवस्था सृजना भएको छ । काम गर्र्ने सक्षम टिम तयार पानु पर्ने अवश्यकता छ ।’ उनले भने,‘ महासंघमा सुद्धिकरण पनि जरुरी रहेको छ । त्यसैले यो टिमको महासंघमा आवश्यकता छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रभान प्रदेश १ का साझा उमेद्वार भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको घोषणा कार्यक्रममा देशभरबाट जिल्ला तथा नगर उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्