योगेश भट्टराई सवार गाडीको ठक्करबाट एक घाइते, थप उपचारका लागि काठमाडौं रेफर

 न्यूज विराट
योगेश भट्टराई सवार गाडीको  ठक्करबाट एक घाइते, थप उपचारका लागि काठमाडौं रेफर

रौतहटको चन्द्रनिगाहपुरमा पूर्वमन्त्री सवार गाडीको ठक्करबाट साइकल यात्री घाइते भएका छन् । रौैतहटको चन्द्रनिगाहपुर पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिभिल हस्पिटलनजिकै भएको दुर्घटनामा चन्द्रपुर—६ का ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् । पूर्वपर्यटनमन्त्री योगेश भट्टराई सवार ज १ झ ४२७ नम्बरकोे गाडीले घिमिरेलाई ठक्कर दिएकोे होे । मन्त्री भट्टराई पूर्वतर्फबाट हेटौँडातिर जाँदै थिए ।

घाइते घिमिरेकोे सिभिल अस्पताल चन्द्रनिगाहपुरमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिभिल हस्पिटलले जनाएको छ । ठक्कर दिइएको गाडी र चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकोे नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बन्दै, भोली सपथग्रहणको तयारी

विराटनगर, २२ माघ ।  प्रदेश १ को मन्त्रीपरिषदले आइतबार पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबिच भागवण्डामा सहमति जुटेपछि मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् । प्रदेश १ को सत्ता गठबन्धनमा...

काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । ...

नवराज विक हत्या प्रकरण : वडाअध्यक्षसहित २४ जनालाई जन्मकैद

विराटनगर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

काठमाडौं, १० पुस-प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्मा केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । पूर्वमाओवादी...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाडौं, १५ मंसिर ।  सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्