काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए ।
सम्भावित नेकपा संकट टार्न राष्ट्रपतिले निरन्तर राजनीतिक भेटघाट जारी राखेकी छन् । उनले मंगलबार नै नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेकी थिइन् ।