प्रमाण भेटाए भने जो कोहीलाई पनि कारबाही गर्न पछि नहट्ने अख्तियार प्रमुख राईको चेतावनी

 न्यूज विराट
प्रमाण भेटाए भने जो कोहीलाई पनि कारबाही गर्न पछि नहट्ने अख्तियार प्रमुख राईको चेतावनी

काठमाडौं, फागुन १५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने स्पष्ट पार्नुभयो । ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन,’ उहाले भन्नुभयो, ‘तर निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने समेत उहाले बताउनु भयो । ‘नागरिक समाज र जनताले भ्रष्ट्राचारलाई नियन्त्रण गर्नुपर्‍यो भनिरहेका छन् । यहाँ धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाज उठाइराख्नु भएको छ,’ उहाले अगाडी भन्नुभयो, ‘त्यो आवाजलाई मेरो कार्यकालमा विगतमा भन्दा प्रभावकारी ढंगले लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

सम्बन्धित समाचार

ओलीद्वारा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन् । उपाध्यक्ष गौतमलाई...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...

नेकपा सांसदले गरे कांग्रेस निर्णयकाे स्वागत

काठमाडाैं, १८ जेठ-सत्तारूढ नेकपाका सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेर प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रियताको पक्षमा मुलुक एकजुट रहेको सन्देश दिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसदहरू बिनाकुमारी श्रेष्ठ, नेकपाकी सचेतक शान्ता चौधरी, सांसद...

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

विराटनगर, १४ माघ । इलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित एक जनालाई पक्राउ गरेको छ । दम नगरपालिका–६ स्थित एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको...

जिप दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो : मृत्यु हुनेको संख्या ८, घाइते ९ जना

विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । मृतक र घाइते सबैको पहिचान खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

बढ्यो सीसीडी रेसियो, ८५ प्रतिशत कायम

काठमाडौं, २ साउन-निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ । सीसीडी रेसियो कायम गर्दा ठूलो रकम लगानी गर्न नपाएको गुनासो बैंकरहरूले बताइरहेको अवस्थामा राष्ट्र बैंकले...

मोरङको विराटचोकमा चिकित्सकमाथि हातपात, एक जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगर अस्पतलामा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि हातपात गरेको आरोपमा मोरङ बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझी...

श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

विराटनगर । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका(८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्