संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभयो : सुवास नेम्बाङ

 न्यूज विराट
संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभयो : सुवास नेम्बाङ

नेकपाको ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद् विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन भएपछि सरकार दह्रो हुँदा सरकारलाई कामचलाउ भन्नेहरूलाई अहिले अप्ठेरो परेको टिप्पणीसमेत गरे ।

‘हिजो पुनर्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन यो ठीक होइन भनिराथ्यौँ,’ उनले भने, ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद् पुनर्स्थापित भयो प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासलगायतका कुराहरू के छ स्थिति मैले तपाईंलाई बताइ नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत् भएको बताउने गरेको समेत बताए । तर अहिले पुनर्स्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे ।

‘पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत् छ कानुनसम्मत छ । सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ । उहाँले भनिराख्नुभएको थियो तर पुनर्स्थापित भइदिँदा खेरी अब हामी संसदमा फेरि फर्किएका छौं । स्थिति भनेको यो हो । पुनर्स्थापित गर्ने साथीले के सोच्नुभयो थाहा छैन । तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन ।’

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए।

नेता नेम्बाङले कानुनी रूपमा नेकपा विभाजन भइनसकेको पनि बताए । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्बाङले बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे ।

‘हामीले भनिराखेका छौँ । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौँ । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौँ । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौँ ।’

सम्बन्धित समाचार

अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु

काठमाडौं, २५ कात्तिक-सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन् ।  पार्टी कार्यालय धुम्बाराहीमा बैठक...

विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर, १० असोज । विराटनगरमा एकजना उद्योगि माथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडानम्बर ८ का ३२ बर्षिय कलामसिंह लामा माथि खुकुरी प्रहार भएको हो । आज दिउसो साढे ११ बजे...

२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

काठमाडौं, ३१ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...

हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो । हिसान मोरङले आइतबार...

युवा संघका कार्यकर्ताले गरे रूपन्देहीमा माधव नेपालको पुतला दहन

रूपन्देहीमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुतला दहन गरिएको छ । बुधबार साँझ एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बुटवलको ट्राफिकचोकमा नेता माधव नेपालको पुतला दहन गरेको हो । प्रतिपक्ष दललाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको...

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट : बिजेताले ८ लाख, उपबिजेताले ४ लाख पाउने

विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्