विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

 न्यूज विराट
विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो ।

प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरीमा अडिसन सञ्चालन गरिने शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले जानकारी दिए ।

उनले प्रतियोगितामा सवैखाले उचाई भएका १५ देखि २५ वर्ष उमेर समुहका युवा युवतीहरुले सहभागिता जनाउनसक्ने पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताबाट मिस एण्ड मिस्टर आइकोनिकको एक÷एक जना विजेता, उपविजेता र तेस्रो स्तरको बिजेता बन्ने अध्यक्ष मगरले बताए ।

उनले प्रतियोगितामा प्रथम हुने मिस्टर र मिस आइकोनिकले नगद, क्राउन, प्रमाणपत्र, एक वर्षको जिम निशुल्क, एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर, फोटोसुट, एक वर्षका लागि निशुल्क शिक्षा, दुई दिने भ्रमण र इन्ट्रो भिडियो साथै गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने जानकारी दिए ।

त्यसैगरी प्रतियोगितामा दोस्रो हुने मिस एण्ड मिस्टर आइकोनिले क्राउन, प्रमाणपत्र, ६ महिनाको जिम निशुल्क, एक वर्षका लागि पाँच लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, विभिन्न फोटोसुट, इन्ट्रो भिडियो साथै गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् ।

तेस्रो हुने मिस एण्ड मिस्टर आइकोनिकले क्राउन, प्रमाणपत्र, तीन महिनाको जिम निशुल्क, एक वर्षका लागि तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य वीमा, इन्ट्रो भिडियो, विभिन्न फोटोसुट र गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने अध्यक्ष मगरले बताए ।

उनले प्रतियोगितामा सहभागि हुने प्रतियोगिहरुलाई रनवे ट्रेनिङ, टेवल म्यानर, आधाभूत मेकअप, पब्लिक स्पीकिङ, आरजे÷भिजे, व्यक्तित्व विकास, स्किन केयर र मोटिभेसनल तालिमहरुसमेत प्रदान गरिने जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रियस्तरका निर्णायकहरुको सहभागिता रहने जनाइएको छ । अध्यक्ष मगरका अनुसार एएचपी इन्टरटेन्मेन्टले विगत पाँच वर्षदेखि सौन्दर्य प्रतियोगितामा हुने नराम्रा बिकृत्ति हटाउँदै विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २...

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३२ साउन- पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार काठमाडौं घर भएका उनी २० साउनदेखि...

अरनिको कलेजका २३ औं ब्याजका विद्यार्थी विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको छ । कलेजमा अध्यनरत २३ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरको कञ्चनजङ्गा होटेलमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान...

आजदेखि स्वस्थानी व्रत सुरु

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...

इक्युवालिटि कप क्रिकेट फाइनलमा मोरङ र सप्तरी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ...

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्