रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण - News Birat

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

न्यूज विराट

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ।

क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २ सय जनाका लागि खाद्यान्न हस्तान्तरण गरेको हो ।

क्लबले आश्रमलाई ४०० केजी चामल, १०० केजी दाल, ५ किलो घ्यू, १०० केजी चिउरा, ४० केजी भूजा र ५० केजी चिनी रोटरीयन अर्चना शर्माको सहयोगमा वितरण गरेको हो ।

सो अवसरमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैनलगायत क्लबका ९ जना सदस्यहरुको उपस्थिती रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles