तेह्रथुमको सिद्धकाली माविमा आगलागी, एक करोडको क्षति

 न्यूज विराट
तेह्रथुमको सिद्धकाली माविमा आगलागी, एक करोडको क्षति

तेह्रथुमको फेदाप गाउँपालिका- २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीका कारण एक करोड रुपैयाँभन्दा बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए ।

आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने दुलालले बताए ।

आगलागीका कारण विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट भएकाले एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

कुलमानलाई बर्खास्त गरेको विरुद्धमा विराटनगरमा पनि प्रर्दशन

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा अखिल क्रान्तिकारीले विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको छ ।विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको ट्राफिक चोकमा पुत्ला दहन गर्दै आज...

ओलम्पिक डेमा एभरेष्टमा पौडी प्रतियोगिता, दावालाई तीन विधामा मेडल

विराटनगर । मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् । ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

प्रदेश १ मा आज १३ संक्रमित थपिए, १३९ डिस्चार्ज

विराटनगर, ११ पुस-प्रदेश १ मा शनिबार एक सय ३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा शनिबार...

एमाले राजनीतिक बाघ हो, स्यालहरुले नजिस्क्याउनु : महेश बस्नेत

अर्घाखाँची, २९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको लागि राजनीतिक रुपमा एमाले बाघ पार्टी भएकाले अन्य बाघको छेउमा स्याल जस्ता पार्टींहरुले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभयो ।नेकपा...

विराटनगरमा ७ सहित प्रदेश १ मा ७४ संक्रमित थपिए

विराटनगर, १२ भदौ–प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४÷१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

विराटनगरको जि क्याफेमा एक जना युवाको रहस्यमय मृत्यु

विराटनगर । चर्चित ¥यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरस्थित ‘जि क्याफे एण्ड बिस्त्रो’ मा एक जना युवाको रहस्यमय मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका...

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्