संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जाने

 न्यूज विराट
संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जाने

जनकपुर, फागुन २३–अधिकार प्राप्तिको विषयमा संघीय सरकारसँग संघर्ष गर्दै आएको प्रदेश २ को सरकारले पुनः एक पटक संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ । संघीय सरकारले गरेको वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६ विगाह जग्गा बिक्री गर्नेे निर्णयविरुद्ध प्रदेश सरकारले अदालत जाने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको शुक्रबार सम्पन्न बैठकले संघीय सरकारविरुद्ध अदालत जाने निर्णयसँगै सार्वजनिक जग्गा प्रदेशमातहत हस्तान्तरणका लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ । संविधानले सार्वजनिक जग्गा प्रदेशमातहत हुने ग्यारेन्टी गरे पनि जग्गा हस्तान्तरणमा संघीय सरकारले चासो नदिएपछि प्रदेश सरकारले मन्त्रीपरिषदबाटै निर्णय गरेर जग्गा प्राप्तिको पहल थालेका छन् ।

तत्कालीन सोभियत संघको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ सालदेखि सञ्चालनमा ल्याएको वीरगन्ज चिनी कारखाना २०५९ सालमा बन्द भएको थियो । तत्कालीन शाही सरकारले चिनी कारखाना घाटामा गएको १६ भदौ, २०५९ मा कारखाना बन्द गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित

विराटनगर । सुनवर्षी नगरपालिका–३ स्थित बभनाडोभ कृषि सहकारी संस्था लिमिटेडको आठौँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार अध्यक्ष लक्ष्मण बुढाथोकीको अध्यक्षतामा र सुनवर्षी नगरपालिका सहकारी विकास शाखा प्रमुख युवराज कोइरालाको प्रमुख आतिथ्यमा आठौं वार्षिक साधारण...

युवा सामाजिक अभियन्ताद्वारा विराटनगरमा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, २३ जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगरका सामाजिक अभियन्ताहरुले आज यहाँ खाद्यान्न वितरण गरेका छन् । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस –६...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, पाँच जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुदूधकुण्ड गाउँपालिकाको लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका...

श्रीच्छा प्रधान भइन् मिस नेपाल

काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको मिस नेपाल वर्ल्ड २०२३ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी...

४० केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट ४० केजी गाँजा बरामद गरेको छ । मोरङको विराटनगर १४ बाट गाँजा बरामद गरेको हो । को १७ प ८६३ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शंका लागि...

लियो क्लबद्वारा स्वीटर वितरण

    बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...

मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत...

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्