ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

 न्यूज विराट
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, ३० माघ । संखुवासभाको खाँदवारी–किमांथान्का सडक खण्डमा आज विहान ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मकालु–३ हेदाङनाका मोटरसाइकल चालक ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको मकालु गाउँपालिका ३ घर भएका मृतक राईलाई आज बिहान साढे ९ बजे भारतको बिहार प्रदेशको ७६१० नम्बरको ट्रिपरले विपरीत दिशातर्फबाट आएको को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए ।

ट्रिपरको ठक्करबाट गम्भीर घाइते मृतक राईकी श्रीमती प्रेमकुमारी राईको प्राथामिक स्वास्थ्य केन्द्र नुममा साधारण उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ ।

मकालुको फाक्सिदा घर भएका मृतक राई राजारानी आधारभुत विध्यालयका सहयोगी हुन भने गम्भीर घाईते उनकी श्रीमति सोहि विद्यालयको बाल शिक्षिकाका रुपमा कार्यरत रहेकी छन् ।

अरुण तेस्रो जलविधुत आयोजनामा काम गर्दै आएको उक्त टिपरका चालक काभ्रेको नवबुध नगरपालिका ६ का ३० वर्षीय सुवास चौलागाईं रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

अरनिको खेलकुद सप्ताह सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज...

एभरेष्ट स्कुलमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

राष्ट्रियसभामा एमालेले गर्‍याे अर्थमन्त्रीलाई बहिष्कार

  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, प्रमुख...

प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ३ । आज राति मुलुकका केही स्थानमा भारी वर्षाको संभावना रहेको भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, बाग्मती र गण्डकीका केही स्थान...

शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी...

बूढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’, एक युवकको हत्या

विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...

योगेन्द्र मण्डलले पाए ‘ट्युबवेल’ चुनाव चिन्ह

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यीय पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले ट्युबवेल चुनाव चिह्न पाएका छन् । निर्वाचन कार्यालयले बुधबार मण्डललाई ट्युबवेल चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्