योगेन्द्र मण्डलले पाए ‘ट्युबवेल’ चुनाव चिन्ह

 न्यूज विराट
योगेन्द्र मण्डलले पाए ‘ट्युबवेल’ चुनाव चिन्ह

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यीय पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले ट्युबवेल चुनाव चिह्न पाएका छन् । निर्वाचन कार्यालयले बुधबार मण्डललाई ट्युबवेल चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एमाले पार्टीले टिकट दिने आसमा बसेका कटहरीस्थित जीवन विकास लघुबित्तिय संस्थाका संस्थापक अध्यक्ष समेत रहेका मण्डलले क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टी कमिटीबाट प्रतिनिधि सभा सदस्यमा उनको नाम सिफारिस भएको थियो । तर, अन्तिम समयमा एमाले र जसपाबीच चुनावी तालमेल गर्ने सहमति बनेपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मोरङ ५ मा एमालेले समर्थन गरेपछि जसपाका राजकुमार यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा एमालेले प्रदेशका दुई वटै क्षेत्र जसपालाई छाडेको छ ।

मोरङ क्षेत्र नं. ५ मा गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल उठेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका मण्डल मोरङ क्षेत्र नं. ५ मा लोकप्रिय रहेका छन् । सामाजिक कार्यमा पनि सक्रिय रहेकोले मण्डलको लोकप्रिय क्षेत्र नं. ५ मा बढेको छ । आगमी मंसिर ४ गते हुने निर्वाचनमा यस निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीबाट मण्डल, जसपबाट यादव र स्वतन्त्रबाट मण्डलको प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७४ को चुनावमा यस क्षेत्रबाट माओवादी केन्द्रका मण्डलले चुनाव जितेका थिए । उनले काँग्रेस नेता अमृत आर्याललाई पराजित गरी मण्डल संसद् भएका थिए । काँग्रेस नेता आर्यलालले अहिले मोरङ क्षेत्र नं. ५ (२) मा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

म्यान्मारमा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ६२ पुग्यो

एजेन्सी, असार १९-म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १ सय ६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य...

आज ७२३२ को पीसीआर गर्दा १२१७ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार २ सय १७ कोरोना संक्रमित थपिएका छन् । ७ हजार २ सय ३२ को पीसीआर गर्दा आज १ हजार २ सय १७ संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको कुल...

मानवअधिकार रक्षकले खोजे पहिचान

विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको...

मोरङमा सुरू भयो ‘लापसे’ अभियान, खाएर सवारी चलाए मुद्दा चल्ने

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे...

प्रभावशाली नेतालाई निष्कासन गरेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौं, १२ साउन-नेपाली कांग्रेसले पार्टीको विधान र अनुशासनविपरीत कार्य गरेको आरोपमा प्रभावशाली नेताहरूलाई नै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि व्यापक असन्तुष्टि प्रकट भएको छ । कांग्रेस अनुशासन समितिले गत स्थानीय, प्रदेश र संघीय संसदको...

यूवतीमार्फत यसरी पुग्यो कैदी भएको ठाउँमा प्रहरी

विराटनगर । फरार भएको एक जना कैदीलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको भनिएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद...

एकै दिनमा ३ सय ३४ कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ-नेपालमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । बिहीबार नेपालमा थप ३३४  जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देकोटाले आज देशभरका विभिन्न...

प्याब्सन स्पोर्टस मिटको उद्घाटनमा बालदेवदुत, बुढानिलकण्ड र पूर्वाञ्चल एकाडेमीको सुरूवाती अग्रता

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो । उद्घाटनको दिन तीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्