नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

 न्यूज विराट
नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने नाराका साथ बृहतरुपमा बृक्षारोपण गरेकोे हो ।

गत असार ९ गते नेकपा मोरङको कार्यालय बैठकले मदन जयन्तीको अवसर पारेर जिल्लाका सवै नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुलाई अनिवार्यरुपमा बृक्षारोपण गर्न आब्हान गरेको थियो ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार आइतबार जिल्लाका १७ वटै पलिकाहरुमा स्थानीय कमिटीको अगुवाईमा पार्टीका सवै नेता, कार्यकर्ता र पार्टी सदस्यले अनिवार्यरुपमा बृक्षारोपण गरेका हुन् ।

नेकपा मोरङले विषेश गरेर नदी तथा खोला किनारका खाली जमिनमा बृक्षारोपण गरि फलफुल, जडिबुटी, घाँस÷पात, काठ÷दाउरामा जनतालाई आत्मनिर्भर बनाउन, बाढी पहिरोको जोखिम नियन्त्रण एवम् वातारण सुधारका लागि अभियानका रुपमा आइतबारबाट बृक्षारोपणको सुरुवात गरेको हो ।

बक्षारोपणमा प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई, प्रदेशका मन्त्रीहरु, संघ तथा प्रदेश सांसद, पार्टीका शिर्षस्थ नेता, कार्यकर्ता लगायत जिल्लाका सवै ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरेका छन् ।

विराटनगरमा मुख्यमन्त्री राईले गरे बृक्षारोपण
जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर नेकपा मोरङले सुरु गरेको बृक्षारोपण अभियान अन्तर्गत आइतबार विराटनगर–५ मा प्रदेशका मुख्यमन्त्री शेरधन राईले बृक्षारोपण गरे ।

नेकपा विराटनगर महानगर कमिटीको आयोजनामा विराटनगर–५ स्थित केशलिया खोला छेउ शंकरबारीको २ विघा क्षेत्रमा वृक्षारोपण सुरु गरिएको हो । त्यस्तै विराटनगर–१२ इक्राहीमा पनि २ विगाहा क्षेत्रमा आजै वृक्षारोपण सुरु गरिएको नेकपा विराटनगरका अध्यक्ष सागर थापाले जानकारी दिए ।

सो अभियानको प्रदेश १ का मुख्यमन्त्री राईले बृक्षारोपण गर्दै उद्घाटन गरे । सो अबसरमा मुख्यमन्त्री राईले आधुनिक कम्य्ुनिष्ट आन्दोलनमा मदन भण्डारीले दिएको विचारकै कारण नेपालमा कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गर्न सकेको बताए । उनले कम्युष्टि पार्टीको नेतृत्वले समृद्धिको यात्रामा देश अगाडि बढेको भन्दै यसको श्रेय पनि मदन भण्डारीलाई नै जाने बताए।

वृक्षारोपण सुरु गरिएको उक्त क्षेत्रमा प्रदेश सरकारले हरियाली पार्क निर्माण गर्ने योजनाका साथ ५० लाख रुपैयाँ लगानी गरेको छ । यही आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढेृको विराटनगर–५ का वडाध्यक्ष मिन आचार्यले जानकारी दिए ।

रतुवामाई र बेलबारीमा मन्त्री र शिर्षस्थ नेता सहभागि
मोरङको रतुवामाई र वेलबारीमा सुरु गरिएको बृक्षारोपण अभियानमा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की सहभागि भए । नेकपा मोरङको आयोजना र रतुवामाई नगरकमिटीको व्यवस्थापनमा वडा नम्वर १० स्थित भण्डारीको कर्मथलो सातमेडी र ८ नम्बरको झुनाबारी स्थित रतुवा खोलाको बगरमा बृहत वृक्षरोपण गरिएको छ ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेती ‘शुशिल’ को गृहनगरसमेत रहेको रतुवामाईमा प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास, नेकपा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य तथा मोरङका सह–इन्चार्ज महेश रेग्मी,लगायत जिल्लाका शिर्षस्थ नेता, कार्यकर्ता र स्थानीय सवै पार्टी सदस्यहरुले बृक्षारोपण गरे ।

सो अवसरमा कानून मन्त्री कार्कीले मदन भण्डारी कै विचारले नेपालमा कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गरेको बताए । उनले भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ ले नै नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गरेको उल्लेख गरे । मन्त्री कार्कीले भण्डारीकै बिचारको जगमा नेकपाले मुलुकमा बहुमतको सरकार सञ्चालन गरिरहेको बताए ।

रचनात्मक काममा प्रतिष्पर्धा गरौँः अध्यक्ष पोखरेल
कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जनतालाई फलफुल, जडिबुटी, घाँस÷पात, काठ÷दाउरामा आत्मनिर्भर बनाउन, बाढी पहिरोको जोखिम नियन्त्रण एवम् वातारण सुधारका लागि सवै नदी तथा खोला किनारमा अभियानका रुपमा बृक्षारोपण सुरुवात गरेको बताए । उनले सो अभियानको नेकपा मोरङले सुरुवात गरेपनि सबै पार्टी तथा संघ संस्थाहरुको साझा अभियान बन्नुपर्नेमा जोड दिए ।

अध्यक्ष पोखरेलले अव पार्टी र संघसंस्थाहरुबिच राजनैतिक भन्दा पनि रचनात्मक कार्यमा प्रतिस्पर्धा हुनु पर्ने बताए । मदन भण्डारीको विचारले अहिले मुलुकलाई नेतृत्व गरिरहेको भन्दै अध्यक्ष पोखरेलले समाजवाद तर्फको यात्रामा यस्ता रचनात्मक कार्यले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

‘आज मुलुक फलफुलमा परनिर्भर बनेको छ । दिनदिनै वातारण विग्रँदै गएको छ । वर्षेनी बाढी पहिरोले हामीलाई सताउँदै आएको छ । जटिबुटीकोसमेत अभाव हुन थालेको छ ।’ उनले भने,‘यही कुराहरुमा अब हामी आत्मनिर्भर बन्नुपर्छ भनेर विषेशगरी खोलाका किनारमा बनजंगलको विकास गर्नुपर्छ भनेर हामीले अभियानको सुरुवात गरेका हौँ ।’

उनले नेकपाले अभियानको सुरुवात गरेपनि सो विषय साझा भएको बताए । ‘सवै पार्टीले जोसुकैको नामबाटसुरु गरेपनि अब बृक्षारोपण अभियानलाई सफल पार्न रचनात्कम प्रतिष्पर्धा गरौँ । यसलाई सवै साजनितिक दल सामाजिक संघ संस्थाहरुले आ–आफ्नो प्रतिष्पर्धामा बृषारोपण अभियान चलाउँ र रोपिएको ठाउँमा संरक्षणदेखि हुर्काउने सम्मका सवै कामका लागि उपभोक्ता वा बन समिति निर्माण गरेर बन कार्यालयलाई हस्तान्तरण गरौँ ।’ उनले भने,‘जहाँ जसले जे नाम राखेर भएपनि यो अघि बढाऔँ । खोला बगरमा निजि जग्गा भए सम्बन्धीत धनीले त्यसको उपभोग गर्न पाउनुपर्छ । रचानात्कम प्रतिष्पर्धाबाट यस्ता कामलाई साझा बनाउँदा मुलुकले चाँडै समृद्धि हासिल गर्छ ।’

बृक्षारोपण कार्यक्रममा १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण राज्यमन्त्री बिजय विश्वास, प्रदेशसभा सदस्य राजकुमार ओझा, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, नेकपा मोरङ सचिव गणेश उप्रेती लगायतका शिर्षस्थ नेताहरु, स्थानीय पार्टी कमिटिका नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको सहभागिता रहेको थियो ।

औपचारिक कार्यक्रम पश्चात् रतुवा नदी किनारमा वृक्षरोपण गरियो । फराकिलो चौरमा पहिले नै तयार पारिएका खाल्टामा कार्यक्रमका अतिथि र सहभागी सबैले कम्तीमा एक—एक वटा विरुवा रोपेका थिए ।

वन डिभिजन कार्यलय मोरङको सहयोगमा भएको वृक्षरोपणका लागि सव डिभिजन वन कार्यलय मंगलवारे र पथरीशनिश्चरे साझेदारी वन व्यवस्थापन समितिले २ हजार ५ सय विरुवा प्रदान गरेको साझेदारी वनका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

वृक्षरोपणमा मसला, टिक, बकाइनो, इपिलिपी, किम्वु, जामुन, फडिर, खयर लगायतका विरुवा रोपिएको नेकपा रतुवामाईका अध्यक्ष शिवनारायण राजवंशीले जानकारी दिए ।

आइतबारनै बेलबारी नगरपालिका–८ मा पनि मन्त्री कार्कीकै प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको छ । त्यसैगरी जिल्लाभरीका सवै पालिकामा स्थानीय पार्टी कमिटीको नेतृत्वमा पार्टीका सवै सदस्यहरुले बृक्षारोपण गरेको नेकपा मोरङ अध्यक्ष पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

कर्णाली प्रदेशमा एक सातामै १३ हजार छिरे

सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...

एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानलै निर्वाचित, कसले कति ल्याए मत ? (सुचिसहित)

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत...

छ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, १४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २५ साउन । आज एकै दिन धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले १४ अर्ब रुपैयाँबराबरको शेयर किनबेच गरेका छन् । सोमबार नेप्से झिनो अंकले बढे पनि शेयर किनबेच भने १४ अर्ब १३ करोड ७३ लाख ३८...

क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...

लघुवित्तय विरुद्ध विराटनगरमा आन्दोलन

विराटनगर । लघुवित्तिय संस्थाले मनपरी ब्याजदर कायम गरी दिएकोे ऋण मिनाहा गरिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रद्र्धशन गरेका हुन् ।उनीहरुले...

कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

विराटनगर, १२ मंसिर–प्रदेश १ मा शुक्रबार २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश १ बाहिरका नौ जना...

रतुवामाइमा सहिदको नाममा अर्जुन स्मृति प्रतिष्ठान

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्