राजनीतिक अधिकार अपहरण भए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

 न्यूज विराट
राजनीतिक अधिकार अपहरण भए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बुधबार सप्तरीको महदेवा गाउँपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको आन्तरिक विवाद पार्टीभित्रै समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकेका ओलीले प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृत्ति लाद्ने काम गरेका छन्, ओलीले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता समाप्त पार्न खोजेका छन् ।’

प्रतिनिधिसभा भङ्ग गर्ने अधिकार संविधानमा नभएको प्रष्ट्याउँदै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले स्वेच्छाचारी ढङ्गले शासनसत्ता हातमा लिएर जनताले फालिसकेका शक्तिहरूको आडमा जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न खोजेको बताए ।

आफूहरू सर्वोच्च अदालतको निर्णयको सम्मान गर्ने बताउँदै उनले भने ‘यदी राजनीतिक अधिकार अपहरण हुन्छ भने हामी जनताको अदालतमा जान्छौँ, जनसंघर्षबाट अधिकार प्राप्त गर्छौं ।’

प्रतिनिधिसभा विघटन भएपछिको सरकार कामचलाउ हुने विश्वव्यापी मान्यता रहे पनि कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निरंकुशता लादेर मन्त्रिपरिषद् विस्तार, धमाधम राजनीतिक नियुक्ति, सरुवा, बढुवालगायतका कार्य गरिरहेको अध्यक्ष यादवले बताए ।

राष्ट्रपतिसम्मले कामचलाउ सरकार नभनेर निरंकुशतालाई नै साथ दिएको बताउँदै उनले भने ‘विश्वका ठूला-ठूला तानाशाहलाई जनताले समाप्त पारेको इतिहास छ, यो तानाशाहलाई पनि जनताले चाँडै समाप्त पार्नेछन् ।’

सम्बन्धित समाचार

आज २९४२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ९२ हजार नाघ्यो

काठमाडौं, २ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल...

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

विराटनगर, जेठ ३१–मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै जान थालेको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्मा बहुमत साधारण सदस्य, कार्यसमितिका अन्य सदस्य तथा पदाधिकारीहरुको सहमति विपरित...

कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जन

काठमाडौं, १६ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो...

१ मार्चभन्दा अघि भिसा सकिएर लागेका जरिमाना दुबईले गर्‍याे मिनाहा

काठमाडाैं, १ जेठ-यूएई सरकारले भिजिट र इम्प्लोइमेन्ट सबै किसिमका भिसामा लागेको जरिमाना (फाइन)हरू मिनाहा गरेको छ । पहिले १ मार्चयता लागेको फाइन मात्र मिनाहा गरेको थियो भने पछिल्लो निर्णयले १ मार्चभन्दा अघि भिसा सकिएर लागेका...

मिस्टर एण्ड मिस पूर्वाञ्चल हुँदै, सहभागिलाई ट्रेनिङ निःशुल्क

विराटनगर । तेस्रो संस्करणको मिस्टर एण्ड मिस पूर्वाञ्चल हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । युवा युवतीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा भाग लिन इच्छुकहरूको...

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा...

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने, मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं, कात्तिक ११-भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिने भ्रमणका  लागि आगामी कात्तिक १९ गते नेपाल आउने तय भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्