प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ? आजबाट मुल पार्टी कुन हो त्यसको टुंगो लागेको छ । ’
प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको नेकपा देशकै मुल पार्टी भएको बताए । उनले जति ठूलो ठाउँ रोजेपनि आफूहरुलाई सभा गर्न ठाउँ सानो नै हुने गरेको बताए ।
‘आमसभा गर्न अरुलाई कुनै सानो ठाउँ छान्यो भने पनि अरुलाई त्यो ठाउँ ठूलो हुन्छ । तर, हामीलाई जति ठूलो ठाउँ खोजे पनि हामीलाई सानो हुन्छ ,’ उनले भने ।