महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

 न्यूज विराट
महानगरद्वारा डेंगु नियन्त्रण र रोकथामको तयारी तीव्र

विराटनगर । धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारीलाई तीव्र पारेको छ ।

डेंगु रोकथाम र नियन्त्रणका उपायका विषयमा महानगरले आज सफाई शाखाका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । यसअघि महानगरले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । सफाई कर्मचारीहरुलाई डेंगु रोगको स्रोत, रोकथाम र नियन्त्रणका उपायका विषयमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी गराउनुभएको थियो । सरफाई गर्ने क्रममा टायर, बाल्टिन, ड्रमलगायतमा पानी जमेको पाइए तत्काल हटाउनुपर्ने उहाँले बताउनुभयो ।


डेंगु नियन्त्रण औषधि छर्केर भन्दा घरभित्र र घर वरिपरि पानी जम्न नदिएर नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो । फ्रिज, कुलर, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे उत्पादन हुने भएकाले सरसफाईबाटै डेंगु नियन्त्रण र रोकथाम गर्न सकिने हैदरले स्पष्ट पार्नुभयो । अभिमुखीकरण कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो घर वरिपरिमात्रै सफा गरेर डेंगुको संक्रमणबाट बच्न नसकिने बताउनुभयो । उहाँले छरछिमेकीको घरमा पानी जमेको पाइएमा त्यसबाट समेत डेंगु फैलिने दाबी गर्नुभयो । यदि छिमेकीको घरमा पानी जमेको देखेमा हटाउन लगाउनुपर्नेमा जोड दिनुभयो । “आफ्नो घर सरसफाई गरेर मात्रै हुँदैन,” पराजुलीले भन्नुभयो, “छरछिमेकीको घरमा जमेको पानीबाट समेत डेंगु सर्न सक्छ ।”

शुक्रबार महानगरले १९ वटै वडामा बिहान ७ देखि ९ बजेसम्म डेंगु सार्ने लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ । अभियानमा सरिक हुन सरसफाई कर्मचारीहरुलाई उहाँले आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, मेयर नागेश कोइरालाका स्वकीय सचिव डिकप्रसाद घिमिरे, उपमेयर शिल्पा निराला कार्कीका स्वकीय सचिव निश्चल मायालु, सफाई शाखाका किरण न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
यसअघि बिहीबार कार्यबाहक मेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सबै वडाका जनप्रतिनिधि, वडासचिव, स्वास्थ्यकर्मीलगायतका लागि महानगरले एकदिने अभिमुखीकरण सञ्चालन गरेको थियो ।

सम्बन्धित समाचार

नवरात्रको सातौँ दिन कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौं,  ७ कात्तिक-नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा...

लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन...

खुकुलो ‘लकडाउन’लाई ७ साउनसम्म लम्ब्याउने निर्णय

काठमाडौं, १५ असार-सरकारले हालकै अवस्थालाई आगामी ७ साउनसम्मलाई लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले हाल जारी खुकुलो लकडाउनलाई आगामी ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले यसअघि १...

प्रदेश १ मा २३ संक्रमित थपिए

विराटनगर, १२ साउन–प्रदेश १ मा आज २३ जना कोरोना संक्रमितथपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष,...

५७१ जनामा संक्रमण पुष्टि, नौ जनाको मृत्यु

सोमबार थप ५ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६ सय ९७ नमूना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै सो अवधिका नौ जना...

रोहित चौधरीको गोली हानि हत्यामा संलग्न धरानबाट थप एक जना पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धरान ४ का २७ वर्षीया युनेश राई रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्