क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

 न्यूज विराट
क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् ।

पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको हमालले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइन्छ ।

सम्बन्धित समाचार

पुन : नामकरण गनिुपर्ने माग राख्दै सभामुखलाई ज्ञापनपत्र

विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले...

बाल संसारको दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर ५ मा रहेकोे बाल संसार बोर्डिङ स्कुलले आज दशौं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गुरुकुल नाटकघरमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि ५ सम्मका विद्यार्थीले नृत्य, कथा तथा विभिन्न खेल कौशलहरु प्रस्तुत...

कोशी अस्पतालका अध्यक्षद्धारा संचारकर्मी दासमाथि दुर्व्यवहार

विराटनगर । कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरर्वड सिलवालले रिर्पोटिङमा गएका संचारकर्मी सोनुकुमार दासलाई दुर्व्यवहार गरेका छन् ।सिलवालले आज साझमा अस्पताल परिसर भित्र संचारकर्मी दासलाई दुर्व्यवहार गरेका हुन् । विराटनगर – ६ घर भएकी...

कोभिड–१९ विरुद्ध जुध्न जर्मनीले २० हजार थान पीसीआर सहयोग गर्ने

काठमाडौं, २० वैशाख-जर्मनीले कोभिड–१९ विरुद्ध जुध्न नेपाल सरकारलाई २० हजार थान पिसीआर उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने नेपाल सरकारको प्रयासमा सघाउन जर्मनीले पहिलो चरणमा ३ हजार थान पिसीआर नेपाल ल्याइएको...

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल

नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि...

प्रथम रविदानन्द चौधरी कप: विराट युनाइटेड फाइनलमा

विराटनगर । विराटनगरको विराट युनाइटेड भेट्रान प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग भेट्रान इटहरीलाई ५–४...

मोरङको बाहुनीमा न्यूरोको वृहत् स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकको सेवाबाट बिरामी दङ्ग

विराटनगर । विराटनगरस्थित  न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मोरङको बेलबारी ७ बाहुनीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत बाहुनीमा शनिवार वृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।  न्युरो अस्पतालका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्