विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले मोरङको बेलबारी ७ बाहुनीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत बाहुनीमा शनिवार वृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।
न्युरो अस्पतालका विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उल्लेख नय बिरामीले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा निःशुल्क ओपिडी सेवा तथा सम्पूर्ण जाँच तथा उपचारमा छुटको व्यवस्था गरिएको थियो । स्वास्थ्य जाँच गरिएका बिरामीलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको थियो ।
शिविरमा वरिष्ठ न्युरोलोजिष्ट डा. वीरेन्द्र कमार विष्ट, वरिष्ठ न्युरो सर्जन यामबहादुर रोका, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ), वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई), वरिष्ठ अर्थाेपेडिक सर्जन डा. अमित देव, वरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद शाह, वरिष्ठ कार्डियोलोजिष्ट डा. राजन कर्ण, आपतकालिन सेवा चिकित्सक डा. प्रफुल्ल कोइराला, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप शाह, वरिष्ठ फिजियोथेरापिष्ट डा. नविनकुमार चौधरी तथा मेडिकल अफिसरहरू लगायतका स्वास्थ्य टोलीले ६५० भन्दा बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । स्थानीय स्थरमै आएर न्युरो अस्पतालका सम्पूर्ण विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य उपचार सेवा पाएपछि यहाँका बिरामी उत्साहित देखिन्थे ।
उक्त शिविरमा ४२३ जनाको मधुमेहको जाँच, १०० जनाभन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रासाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको किराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । करिब ७० प्रतिशतभन्दा बढी महिला स्वास्थ्य सेवाग्राही रहेको शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।