पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ

 न्यूज विराट
पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने तीन लाख घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई गएराति पक्राउ गरेको हो ।

अख्तियारको बर्दिबास कार्यालयका अनुसार सेवाग्राहीबाट घुस लिएर कर्मचारीले बाँडफाँडका लागि कार्यालयको विभिन्न स्थानमा लुकाएर राखेको २ लाख २३ हजार ८ सय रकम र बिचौलिया भगतबाट ५० हजार रुपैयाँ घुस कार्यालयबाट बरामद भएको हो ।

ट्याक्टरको लाइसेन्सका लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुस दिएर पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको बिचौलिया भगतले अख्तियारको टोलीलाई बयान दिएका छन् । उनले गिरीलाई उक्त रकम र नामावली दिन पुगेको समयमा अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

सवारीचालक अनुमति पत्र निकालिदिए बापत सेवाग्राहीसँग लिएर मोटो घुस रकम कार्यालयमा राखेको गोप्य सूचनाका आाधारमा खटिएको अख्तियारको टोलीले झण्डै ६ घण्टा छापा मारेको थियो ।

सम्बन्धित समाचार

कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि

कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश-१ का सामाजिक...

जनप्रतिनिधिको अगुवाईमा विकासले तीव्रता पायो

[caption id="attachment_47349" align="alignnone" width="1000"] मंगलबारे पूर्व पथरीखोलामा पुल निर्माण कार्यको अनुगमन÷नीरिक्षण गर्दै वडाध्यक्ष, वडा सदस्यहरु र स्थानीय ।[/caption] किर्तिपुर, ५ चैत । पथरीशनिश्चरे वडा नं. ७ मा विकास निर्माणले तीव्रता पाए पछि वडावासी हर्सीत भएका...

भारत-चीन सैनिकबीच लद्दाखमा भएको झडपबारे बोल्यो नेपाल

काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो ।...

नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

झापा, १९ मङ्सिर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो । उहाँले राजनीतिसँगै पढाइलाई...

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, १९ कात्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

१७ हजार ९६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्