नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

 न्यूज विराट
नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

झापा, १९ मङ्सिर-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो । उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
उहाँ विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बन्नुभएको हो । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उहाँ विसं २०६०÷६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बन्नुभएको थियो ।
उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय हुनुहुन्छ ।
उहाँको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो । पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताउनुभयो । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सम्बन्धित समाचार

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो । तर, राष्ट्र...

ग्रेडेड स्कुलका ६५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् ।उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका...

घूसमा प्रतिस्पर्धा हुन थाल्योः मीनेन्द्र रिजाल

काठमाडौं, फागुन ३०–कांग्रेस नेता तथा लेखा समिति सदस्य मीनेन्द्र रिजालले अहिले घूसमा प्रतिस्पर्धा भएको बताएका छन् । सुरक्षण मुद्रण प्रेसको खरिदको सवालमा कुरा राख्दै उनले घूसमा प्रतिस्पर्धा देखिएको भन्दै गम्भीर अध्ययन गर्नुपर्ने बताएका हुन् ।...

झी पुचः का सदस्यको उपचार न्यूरोले सौलियतमा गरिदिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच : (नेपाल भाषा तथा सान्स्कृतिक संघ) बीच सौलियतमा उपचार गर्ने सम्झौता भएको छ । हस्पिटल र झी पुच: बीच बुधबार सौलियतमा उपचार गर्ने समझदारी भएको हो ।सम्झौता...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

ट्रम्पले विदेश मन्त्रालयका उच्च अधिकारी बर्खास्त गरेकोबारे अनुसन्धान हुने

एजेन्सी, जेठ ४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ । डेमोक्रेट सांसदहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई ट्रम्पले निहीत स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै...

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा

विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्