विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

 न्यूज विराट
विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।

प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी ल्याउँदै गरेको ७ सय ५० केजी बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो । कटहरी गाउँपालिका–५ का २८ को किरन कुमार सरदारले अन्दाजी ७५० केजी २ लाख २५ हजार बराबरको बोईलर कुखुरा ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको कुखुरा पशुक्वारेन्टाईन मोरङका प्रतिनिधी, स्थानिय मानिस तथा प्रहरीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । कुखुरा ल्याउन प्रयोग भएको सवारी साधन सहित मानिस आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भारतमा एकै दिनमा १५ सयभन्दा बढीलाई कोरोना संक्रमण, मृतकको संख्या ६४५ पुग्यो

एजेन्सी, बैशाख १०-भारतमा कोरोनाको संक्रमितको संख्या उच्चगतिमा वृद्धि भएको छ । पछिल्लो १ दिनमा मात्र भारतमा १ हजार ५ सय ४१ जना नयाँ संक्रमित देखिएका छन् । भारतमा हालसम्म २० हजार ८० जनलाई कोरोना पुष्टि...

दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

दाङ, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै, प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

अटोमोबाइल र मेकानिकल इञ्जिनियरिङ सञ्चालन गर्दै सेना

काठमाडौं, चैत २–नेपाली सेनाले मुुलुकमा निर्माण हुने ठूला आयोजना र सङ्गठनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्राविधिक...

पीसीआर मेसिनले दियो गलत रिपोर्ट, जनकपुर अस्पतालमा स्वाब परीक्षण स्थगित

जनकपुरधाम, १२ वैशाख-प्रादेशिक अस्पताल जनकपुरधाममा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाब परीक्षण गर्ने मेसिनमाथि नै शंका उत्पन्न भएपछि पीसीआर परीक्षण कार्य स्थगित गरिएको हो । सर्लाहीका १४ वर्षीय किशोरमा पीसीआर चेकजाँच...

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना...

थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १ हजार २ सय १२

काठमाडौं, १६ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा थप १ जना ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १ सय...

२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका – ८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवति महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्