दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

 न्यूज विराट
दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी

दाङ, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् ।

यस्तै, प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ । बेलझुण्डीमा रहेको कोराना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड तयार गरिएको छ ।

यससँगै जिल्लाका सबै स्वास्थ्य संस्थामा १ सय ६१ शय्याको आइसोलेसन वार्ड छन् । प्रदेश सरकारले बेलझुण्डीमा सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पतालमा एक सय शय्याको आइसोलेशन वार्ड छ ।

आइसोलेशन वार्डमा जिल्लाका मात्रै नभएर बाहिरबाट आउने बिरामीलाई पनि राखेर उपचार गरिने छ । त्यस्तै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० शय्याको आइसोलेशन वार्ड छ ।

लमही अस्पतालमा पनि ३ शय्याको आइसोलेशन वार्ड तयार गरएको छ । दाङमा कोरोना संक्रमित तथा आइसोलेशनमा राख्नुपर्ने अवस्थाका बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र बेलझुण्डीस्थित कोरोना विशेष अस्पलताको आइसोलेशन वार्डमा उपचारको व्यवस्था गरिएको छ ।

अस्पतालमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने पिपिइलगायत स्वास्थ्य सामग्री उपलब्ध रहेको कोरोना विशेष अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. सर्वेश शर्माले बताए ।

अहिले कोरोना विशेष अस्पतालमा ७० थान पिपिई रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ का फोकल पर्सन तथा कोरोना अस्पतालका सूचना प्रमुख कमल चन्दले जानकारी दिए ।

त्यहाँस्थित आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताल भवनमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आवश्यकता अनुसार पिपिइ रहेको कायममुकायम रजिष्ट्रार डा कैलाश देवले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा भने सीमित पिपिई हुँदा समस्या हुने गरेको छ । इलाका स्वास्थ चौकी हेकुलीका इञ्चार्ज टेकबहादुर खत्रीका अनुसार अहिले स्वास्थ्यचौकीमा सीमित पिपिई उपलब्ध रहेकाले सबै जनशक्ति प्रयोग गर्न नसकिएको बताए । रासस

सम्बन्धित समाचार

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

मिल्स कप टि २० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि, उद्घाटनमा सिराहा र कटिहार भिड्ने

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा वैशाख २८ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना हुने प्रतियोगिताको...

भारतमा हिजाब विवादबारे फेरि बाेल्याे पाकिस्तान

काठमाडौं, ७ फागुन । पाकिस्तानकाे विदेश मन्त्रालयले एकपटक फेरि भारतमा चर्केकाे हिजाब विवादबारे आफ्नाे प्रतिक्रिया दिएकाे छ । विदेश मन्त्रालयका प्रवक्ता इफ्तिखार अहमदले भारतकाे कर्नाटक राज्यमा हिजाब प्रतिबन्ध लगाइएकाेबारे पाकिस्तान चिन्तित रहेकाे बताएका हुन् । उनले भनेका छन्, 'भारतमा मुस्लिम छात्रालाई हिजाब पहिरिन...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि...

कोभिड-१९ विशेष कार्यक्रम गर्न प्रदेश ५ काे ५१ करोड बजेट

बुटवल, १ जेठ-कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश ५ सरकारले कोभिड-१९ विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णयले प्रदेशका १ सय ९ वटै स्थानीय तहमा लागू...

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा कोरोना नियन्त्रण तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्