नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

 न्यूज विराट
नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

शेयरबजारमा साताको पहिलो दिन आइतबार नै नेप्से सूचक ५० अंकको उछाल आउँदा एकै दिन १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित बनेका छन् । हरियाली बनेको बजारले सो कम्पनीको शेयरमूल्य बढाउँदा लगानीकर्ता खुसी भएका हुन् ।

आइतबार शेयरबजार परिसूचक नेप्से ५०.२० अंकले बढेर २४२४ दशमलब ८४ अंकमा पुग्दा २ सय ७ कम्पनीको १ कारोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँको कारोबार भएको हो ।

शेयरबजारमा झन्झटिलो मानिँदै आएको राफसाफको चक्रको समय घट्नुका साथै नागरिक स्टक डिलको शेयरबजारमा प्रवेशको प्रभाव आजको बजारमा देखियो, जसले गर्दा सूचकसँगै लगानीकर्ता पनि हौसिए ।

सेन्सेटिभ परिसूचक ६ दशमलव ४७ अंकले बढेर ४५२ दशमलव ०६ अंकमा पुग्दा बैंकिङ समूहको नेप्से सूचक बढेर हरियाली बनेको छ । कारोबारमा आएको व्यापार समूहबाहेक बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, वित्त, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्डका नेप्से सूचक बढेका छन् ।

सूचक हरियाली बनेसँगै शेयरमूल्यमा नै उछाल ल्याउने कम्पनीको पनि आज कमी देखिँदैन । आइतबार एकै दिन पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने बाँकी १० कम्पनी पनि सर्किटनजिक पुगे । सर्किट लगाउनेमा भने मिथिला लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, गुराँस लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त वित्तीय संस्थाले १० प्रतिशतले शेयरमूल्य बढाएका हुन् ।

शेयरमूल्यमा उछाल आएर बजार हरियाली बन्दा पनि ४६ कम्पनीको शेयरमूल्य भने घटेको छ । जसमा नारायणी विकास बैंकको शेयरमूल्यमा झण्डै नकारात्मक सर्किट लाग्न पुग्यो । सो कम्पनीको ९ दशमलव ९१ प्रतिशतले शेयरमूल्य घट्यो ।

सम्बन्धित समाचार

भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

एजेन्सी, असार ११-भारतको बिहारमा चट्याङ पर्दा ८३ जनाको मृत्यु भएको छ । आपतकालीन व्यवस्था विभागले बिहीबारसाँझसम्ममा ८३ जनाको मृत्यु भएको जानकारी दिएको छ । भारतमा चट्याङ लागेर बर्सेनि सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

रोटरी क्लब अफ विराटनगर डाउटाउनले मस्तिष्क पक्षघात पीडीत बालबालिकासँग मनायो ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १९ मंसिर । विभिन्न सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डानटाउनले अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवस मस्तिष्क पक्षघातबाट पीडीत भएका बालबालिकाहरुसँग मनाएको छ । मस्तिष्क पक्षाघातबाट पीडीत बालबालिकाहरुलाई विराटनगरस्थित पिटर प्यान...

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका डा. खिमलाल देवकोटा विजयी भएका छन् ।राष्ट्रियसभा सदस्यको लागि खिमलाललाई प्रदेशसभाका १०५ मध्ये ५८  र स्थानीय तहबाट १२८ मत प्राप्त गरे  निकटतम प्रतिद्धन्द्धी रामबहादुर थापाले प्रदेशसभा तर्फ ...

आयल निगमले घटेको मूल्यमा तेल किन्ने

नेपाल आयाल निगमले आगामी १६ दिनलाई पेट्रोलको मूल्य यथावत राख्ने निर्णय लिएको छ । पेट्रोलियम पदार्थमा एकाधिकार कायम गरेको निगमले भारतीय आयल कर्पोरेसनबाट किन्ने पेट्रोलमा फेरि मूल्य घटाइए पनि उपभोक्ताको मूल्य भने नघटाउने निर्णय लिएको...

नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्