राशिफल

रोटरी क्लब अफ विराटनगर डाउटाउनले मस्तिष्क पक्षघात पीडीत बालबालिकासँग मनायो ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउटाउनले मस्तिष्क पक्षघात पीडीत बालबालिकासँग मनायो ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १९ मंसिर । विभिन्न सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डानटाउनले अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तराष्ट्रिय दिवस मस्तिष्क पक्षघातबाट पीडीत भएका बालबालिकाहरुसँग मनाएको छ ।

मस्तिष्क पक्षाघातबाट पीडीत बालबालिकाहरुलाई विराटनगरस्थित पिटर प्यान प्ले पेन स्कूलमा लगेर बालबालिकाहरुसँग क्लबले विभिन्न कार्यक्रम गरि दिवस मनाएको हो ।

सो अवसरमा बालबालिकाहरुसँग विभिन्न खेल, नाच गानसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्दै दिवस मनाइएको क्लबकी अध्यष्क्ष संचिता जैनले जानकारी दिइन् । बालबालिकाहरू सँग दिवस मनाउदा उनीहरु हर्षित भएका थिए ।

सो अबसरमा बालबालिकाहरुलाई विभिन्न उपहार दिनुका साथै खाना समेत वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयकी सञ्चालक मधु लोहिया, क्लकी अध्यक्ष संचिना जैन, सचिव अनिता सारडा, जनसम्र्क अधिकारी मञ्जु अग्रवाल, क्लबकी चार्टर प्रेसिडेन्ड डा. ममता बर्मालगायतका क्लबका पादाधिकारी एवम् सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...