
प्रदेश १ मा शुक्रबार ६७ संक्रमित थपिए
विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...
विराटनगर, ५ माघ । विपद् घण्टी बजाएर नआउने भएकोले यसबाट बच्नु बचाउनु नै सबै भन्दा राम्रो उपाय रहेको धारणा सहभागीहरुले राखेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज विराटनगरमा आयोजित वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन ।
आगलागी, हावाहुरी, भारी बर्षा, चट्याङ, भूकम्प जस्ता विपद्ले मानिसहरुको ज्यान मात्र नभएर भौत्तिक सम्पति पनि नष्ट गर्ने भएकोले यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको भनिएको छ । विश्वमा नेपाल जलवायुको हिसाबले चौथौ, भूकम्पको हिसाबले ११औँ र बाढी पहिरोको हिसाबले ३० औँ जोखिमको देशमा रहेकाले प्रदेश नं१ पनि यसबाट अछुतो रहन नसकेको कार्यक्रम संयोजक जनार्दन गौतमले बताए ।
उनले १० वर्षको अवधिमा प्रदेश नं १ मा भूकम्प भन्दा पनि आगलागीको तीन हजार ८७७ वटा घटनामा ११८ जनाले ज्यान गुमाएको, ३१३ जना वेपत्ता भएको, चट्याङबाट २८७ जनाको मृत्यु, पहिरोबाट १४५ जनाको मृत्यु, ३४ बेपत्ता, ९४ जना घाइते, बाढीबाट १४२ जनाको मृत्यु, ८४ जना वेपत्ता २५ जना घाइते, भारी बर्षाबाट दुई जनाको मृत्यु, हावाहुरीबाट ११ जनाको मृत्यु भएको जानकारी दिए ।
उनले सोही अवधिमा सुनसरीमा ६४० वटा आगलागीको घटनामा २३ जनाको मृत्यु भएकोले मानिसहरुले यस्ता विपद्बाट हुने हानी नोक्सानीबाट जोगिन सजग एवं सतर्क रहनु पर्ने बताए । कार्यक्रममा प्रदेश भरिका डिभिजनल वन कार्यालयका प्रमुख, जिल्ला स्थितका नेपाली सेनाका, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्राधिकरणको नीति तथा कार्यक्रम अन्तर्गत कार्यादेश, रणनीतिक सोच, व्यवस्थापकीय संरचना र भावी कार्यदिशाका बारेमा वन तथा भूसंरक्षण मन्त्रालयका उपसचिव सुन्दर शर्माले आगलागी प्रतिकार्य र व्यवस्थापन अन्तर्गत अवधारण, वर्तमान व्यवस्थापकीय स्वरुप, अग्नी समन, उद्धार तथा राहत, प्राविधिक पक्ष, चुनौती र समस्या एवं भविष्यका लागि कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमको समुद्घाटन गर्दै प्राकृतिक हिसाबले धेरै जोखिम रहेको हाम्रो मुलुकमा आमनागरिकको जिउधन रक्षा गर्न प्राधिकरणले आवश्यक रणनीति लिनु पर्ने बताए । उनले विपद्मा परेका मानिसलाई उद्धार एवं राहत वितरण गर्नु भन्दा पनि त्यसबाट बचाउन दीर्घकालीन रणनीति आवश्यक छ भन्दै प्रदेशमा विपद्बाट मानिसहरुलाई पार लगाउन प्रदेश सरकार बृहत छलफल गरी योजना बनाउने अवस्थामा रहेको स्पष्ट पारे ।
जोखिमपूर्ण क्षेत्रको बृहत अध्ययनबाट बनिने कार्ययोजनाबाट विपद्को जोखिम घटाउन सकिने धारणा राख्दै मन्त्री कार्कीले प्रदेशमा सडक दुर्घटना पनि उच्च रहेको बताए ।
मानिसहरुले सामान्यतया नियम, नीति पालना गर्ने हो भने धेरै दुखद घटनाबाट जोगिन सकिने भन्दै मन्त्री कार्कीले प्राधिकरणले नदी छेउछाउमा रहेका बस्तीहरुलाई पनि उचित व्यवस्थापनको काम गर्नु पर्ने सुझाव दिए ।
विराटनगर, २३ साउन–प्रदेश १ मा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला,...
जनकपुर, पुस २६–अवैध उत्खननविरुद्ध सामाजिक रुपमै अभियान चलाएका युवा अभियन्ता दिलीपकुमार महतोको हत्याको विरोधमा जनकपुरधामका युवाहरुले शनिबार प्रदर्शन गरेका छन् । जनकपुरधामको रामानन्द चोकमा प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका युवाहरुले हत्यारालाई फाँसी दिनुपर्ने माग राखेका छन्...
विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...
चितवन, १५ भदौ-भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका- ६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको...
काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
चितवन, ५ वैशाख-कर्तव्य ज्यान मुद्दा अभियोगमा थुनामा पठाउनुपर्ने कैदीलाई कोरोना भाइरस परीक्षण गरेर मात्र कैदमा पठाउन अदालतले आदेश दिएको छ ।चितवन जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा तत्काल प्राप्त प्रमाणबाट दोषी देखिएको भन्दै १ जना अभियुक्तलाई...
काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...
एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.