फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

 न्यूज विराट
फरक क्षमता भएकाहरुलाई व्यवहारीक तालीमले जीवनयापनमा सहज हुने

विराटनगर,४ माघ । फरक क्षमता भएकाहरुका लागि दिएको तालीम उपयोगी हुनेका साथ सजह जीवनयापनमा सहयोग पुग्ने सरोकारबालाहरुले बताएका छन् । व्यवहारीक रुपमा उपलव्ध गराइएको तालीमले अपाङगता ऐन, अपाङगता परिचय पत्र, प्रजातान्त्रिक नेतृत्वमा सम्वन्धमा अविश्वमरणीय रहेको उनीहरुको भनाइरहेको छ।

‘हामीलाई पनि समावेश गर’ भन्ने नाराका साथ राष्ट्रिय अपाङ्गग महासंघ प्रदेश नं १ कार्यालयद्वारा आज विराटनगरमा आयोजित अपाङ्गगता भएका व्यक्तिहरुका लागि पाँच दिने क्षमता विकास तालीम समापन समारोहमामा उनीहरुले लेखाई, खेल, नृत्य एवं नाटकको माध्यमबाट नेपालको संविधान, अपाङ्गताहरु अधिकार र पालिका र ग्रामीण क्षेत्रमा हक अधिकार प्राप्तिका लागि गर्नु पर्ने कार्यका सम्वन्धमा ज्ञान आर्जन उपलव्धिमूलक रहेको बताएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समापन गर्दै महासंघको भवनको लागि आवश्यक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै विराटनगरको आदर्श माविमा अपाङ्ग सहितको समावेशी शिक्षा अध्ययन गराउने नमूना विद्यालयको निर्माण गर्ने जानकारी दिए ।

उनले महानगरपालिकाले अपाङ्गता शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको चर्चा गर्दै उनीहरुको जीवन सहज व्यवस्थापनका लागि शिक्षाको उज्यालो छर्ने कार्य गर्ने विचार व्यक्त गरे । महासंघका सङ्घीय अध्यक्ष अपाङ्गताको मुद्दा सुनिश्चिता गराउनका लागि राष्ट्रिय जनगणनामा सही तथ्याङक प्राप्त गर्नका लागि सक्रिय रुपमा लाग्न आग्रह गरे ।

प्रदेश अध्यक्ष पार्वता श्रेष्ठ, सङ्घीय कोषाध्यक्ष केपि अधिकारी ,शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टङ्कप्रसाद गौतम र फरक क्षमता भएकाहरु समिरा लावती र सिताराम ओझाले सैद्धान्तिक भन्दा व्यवहारिक भएको तालीम अविश्मरणीय रहेको विचार व्यक्त गरे । प्रदेशका १२ जिल्लाका १० फरक क्षमता भएका ६२ जनालाई जीवन उपयोगी तालीम प्रदान गरिएको थियो।

सम्बन्धित समाचार

सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन

काठमाडौं, २६ कात्तिक-सर्वोच्च अदालतले मन्त्री बन्ने बाटो खोलिदिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले खुशी व्यक्त गर्दै सबैलाई आभार व्यक्त गरेका छन् । राष्ट्रियसभा सदस्य पदमा मनोनयन र शपथलगत्तै उनलाई थप संवैधानिक...

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

प्रचण्ड–माधव समुहक बिद्यार्थी भेला : नेताहरुले दिए पार्टी बिभाजनकै पक्षमा यस्तो प्रशिक्षण

काठमाडौं, १९ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा प्रशिक्षण कार्यक्रमले तीब्रता पाउन थालेको छ । पार्टी बिभाजन हुने लगभग निश्चित रहेको आन्तरिक सर्कुलर पठाएर देशब्यापी तयारी थालेको अध्यक्ष पुष्पकमल...

गोप्य सहमतिका साक्षीसहित बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, १९ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टीको विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरु भएको...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

बालिकाको मृत्युपछि विराटनगर सिटी हस्पिटल तनावग्रस्त, लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पकले टोकेको एक जना बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।मोरङको रतुवामाइ नगरपालिका – ४ झुकिर्याकी ६ वर्षीया इसिका कुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साझमा मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको...

बुटवलमा ९ जनाले जिते कोरोना

बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो...

लागुऔषधसहित १ जना पक्राउ

विराटनगर, फागुन १२–उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लहानबाट गाईघाटतर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय मोहम्मद काबिरको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्