नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

 न्यूज विराट
नेपाल चिकित्सक संघ कोशीको निर्वाचन सुरू, भोलि बेलुकादेखि मतगणना हुने

विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक प्यानलै बानाएर डाक्टरहरू नेतृत्व चयनका लागि निर्वाचनमा होमिए पनि पार्टीगत प्यानल भने आफूहरूले नबनाएको उनीहरूको दाबी छ ।

१३ सदस्यीय कार्यसमितिको एकातर्फको प्यानलमा निवर्तमान अध्यक्ष डा. फरवाड सिलवाल छन् । अर्को प्यानलको अध्यक्षमा डा. कैलाश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् । १ हजार २ सय ८१ मतदाता रहेको संघको निर्वाचनमा मतदानको समय १० देखि ५ बजेसम्मलाई तोकिएको थियो । डाक्टरहरूको व्यस्ततालाई ध्यानमा राखेर दुईदिन मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । आइतबार र सोमबार मतदान भएपछि सोमबार बेलुकादेखि मतगणना हुन सक्ने निर्वाचन आयोगका प्रवक्ता रवि वास्ताकोटीले जानकारी दिए ।

बास्ताकोटीका अनुसार निर्वाचनमा मतदाताहरूको सहभागिता उत्साहजनक छ । दुवै प्यानलमा गरी २६ जना डाक्टरहरू प्रतिस्पर्धामा उत्रिएका छन् । आइतबार दिउँसोसम्ममा ३ सय २० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

आज ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २० साउन-आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको...

गर्नुपर्ने काम अझै बाँकी नै रहेकाले पुनः नियुक्तः अर्थमन्त्री

काठमाडौं, फागुन २१–अर्थमन्त्री डा. युवराज खतिवडाले शपथ लिएका छन् । राष्ट्रियसभामा पदावधि सकिएसँगै मंगलबार अर्थमन्त्रीबाट राजीनामा दिएका डा.. खतिवडाले बुधबार अर्थमन्त्रीमा पुनः शपथ लिएका हुन् । शपथ लिएसँगै डा. खतिवडाले बुधबार नै पदभार ग्रहण गरेका...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

एभरेष्ट कलेजले गर्यो कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई

विराटनगर । विराटनगर – ५ मा रहेको एभरेष्ट कलेजले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ । कलेजमा अध्ययनरत कक्षा १२ को आठौं ब्याचको १ सय ७४ जना विद्यार्थीहरुलाई...

पञ्चेबाजासहित विराटनगरमा धान रोपाइँ

विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाइँ कार्यक्रममा महानगरका मेयर नागेश कोइराला,...

बिराट मेडिकल कलेजमा अत्याधुनिक ब्लड बैंक स्थापना, विरामीको ज्यान बचाउन रक्तदान र सचेतना

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न ब्लड बैंक संचालनमा ल्याएको छ । शिक्षण अस्पताल भित्र निजि क्षेत्रबाट संचालित एक मात्र विश्वस्तरिय ब्लड बैंक संचालनमा ल्याएको हो । संचालनमा आएको ब्लड बैंकमा...

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्