विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो ।
रोपाइँ कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्बर ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनैतिक दलका स्थानीय नेता, समाजसेवी, टोल संगठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता रहेको थियो । सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । दिवसका अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले किसानले सहज रुपमा मल, सिंचाइ र बिउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई यान्त्रीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो । चालीसको दशकसम्म नेपालले खाद्यन्न निर्यात गर्दै आएको बताउँदै उहाँले वार्षिक ६ खर्बभन्दा बढीको आयात गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष १८ नम्बर वडामा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो ।
विराटनगर, २५ साउन । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा...
विराटनगर । विराटनगरमा ‘कोरा साईकलिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्देश्यले शनिबार कोरा साईकलिङ ईभेन्ट आयोजना गरिएको हो । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...
बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....
एजेन्सी, असार ८-सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।...
काठमाडौं, ३० वैशाख-डेढ महिना बढी बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो । सरकारले...
विराटनगर, २३ साउन । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास...