पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

 न्यूज विराट
पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।

प्रतिनिधिसभा भंग भएका विषयमा पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तितर्फ केन्द्रित हुँदै पूर्वसांसद खतिवडाले प्रश्न गरे, ‘सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?’  यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए ।

फरक प्रसङ्गमा नेता खतिवडाले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताए । उनले भने, ‘एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले कांग्रेस सरकारमा जानु हुँदैन । कांग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर । अहिलेको अवस्थामा होइन ।’

प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद किनबेच सुरु हुने विचार गर्दै उनले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, ‘संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरि सांसद किनबेच सुरु हुन्छ । कांग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन ।’

सम्बन्धित समाचार

ग्यास बिक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह

विराटनगर, २३ माघ । ग्याँस विक्रेता संघ मोरङमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा...

बुटवलमा थप १ कोरोना संक्रमितको मृत्यु

बुटवल, ३१ साउन-बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत १ जनाको कोरोना संक्रमित को मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तुका हुन् । उनी २९ साउनमा उपचारका लागि आएका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयूमा...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

विराटनगरमा भव्य भयो भीमसेन जात्रा (फोटो फिचर )

विराटनगर । विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा...

विराटनगरमा १५ सहित प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, २७ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास...

बैंक बन्द नहुने : पैसा झिक्न र राख्न पाइने, शुल्क छुट

सरकारले सम्भव भएसम्म निजी क्षेत्रका कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै विद्युतीय माध्यमको प्रयोग गर्दा हुने कार्यालयहरू बन्द गर्नका लागि आह्वान गरेका हुन् । तर, ...

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

काठमाडौं, २ कात्तिक-नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।  स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्